
एक वर्षको अवधिमा करिव २०० वटा स्वास्थ्य संस्थाहरुको भवनहरु पुनर्निर्माण भइसकेका र करिव १६९ वटा भवनहरु सम्पन्न हुने अवस्थामा छन् । यसै गरी करिव २०० वटा शैक्षिक संस्थाका भवन निर्माणको कार्य सम्पन्न भएका छन् भने करिव १२०० वटा शैक्षिक संस्थाका भवनहरुको पुनर्निर्माण काम अघि बढेको ।
करिव ५० वटा सरकारी भवनहरु प्रिफेब्रिकेटड संरचनामा सम्पन्न भइसकेका छन् भने करिव २२८ वटाको निर्माण जारी रहेको । करिव २९७ वटा खानेपानी आयोजना सम्पन्न भएको । करिव ९६१ वटा खानेपानी आयोजनाहरुको पुनर्निर्माण कार्य जारी रहेको । पुरातात्विक संरचनाहरुको पुनर्निर्माणतर्फ हालसम्म करिव १५ वटाको निर्माण सम्पन्न भएको । करिव ६९ वटा निर्माणको क्रममा रहेका ।
मन्त्रिपरिषदले मलाई स्पष्टिकरण माग गर्ने निर्णय गरेकै दिन गरेको अवस्थामा दोश्रो एवं तेस्रो किस्ताको रकम नदिएको भनी मलाई उत्तरदायी मिल्ला र ?
प्रमुख कार्यकारी अधिकृतको रुपमा मैले सम्पादन गरी आएको भुमिकालाई सन्तोषजनक नरहेको भन्न कुनै पनि आधार, कारण र अवस्थाले मिल्ने देखिँदैन ।
SHARE YOUR THOUGHTS