लाेरियलकाे स्मार्ट हेयर ब्रसले कपालकाे सुरक्षा गर्ने

लाेरियलकाे स्मार्ट हेयर ब्रसले कपालकाे सुरक्षा गर्ने


काठमाडौं। कपाल कोर्दा तपाईँ आफ्नो कपालको अवस्थाको बारेमा चिन्तित हुनहुन्छ भने अब तपाईँको समस्याको समाधान हुने भएको छ । कपाल कोर्दा तथा कपाल टुटेकाे बारेमा जानकारी दिने उपकरण सार्वजनिक भएको छ ।

सौन्दर्य सामाग्री उत्पादन गर्ने कम्पनी लोरियलले हालै स्मार्ट हेयरब्रस सार्वजनिक गरेको छ । कम्पनीले कन्ज्यूमर इलेक्ट्रोनिक्स शो २०१७ को अवसर पारेर सेन्सरसहितको स्मार्ट हेयरब्रस सार्वजनिक गरेको हो। यो ब्रसले उपभोक्ताहरुको कपाल कोर्ने बानीलाई सुधार गर्न सहयोग गर्ने अनुमान गरिएको छ ।

लोरियलले सार्वजनिक गरेको “हेयर कोच”को मूल्य २०० अमेरिकी डलर भन्दा तल हुने बताईएको छ, जसमा माइक्रोफोन, गाइरोस्कोप तथा एक्सेलेरोमिटरलगायतका सेन्सरहरु राखिएका छन् ।

यदि यो ब्रस चलाएर तपाईँले कडासँग कपाल कोर्नुभयो भने यो भाइब्रेट हुन्छ ।

यो ब्रसको मुख्य विशेषता भनेको तपाइँको कपाल टुट्यो भने यसमा भएको आन्तरिक माइक्रोफोनले त्यसको आवाज रेकर्ड गर्दछ । अन्य सेन्सरहरुले भने यसको प्रयोगकर्ताले कपाल कोरिसकेपछि कस्तो हुन्छ भन्ने बारेमा जानकारी दिने कम्पनीको दाबीछ ।

यो ब्रसले राखेका जानकारीहरु वाईफाई अथवा ब्लूटूथको माध्यमबाट यसको लागि बनाईएको एपमा जानकारी पठाउँछ ।

यसको लागि बनाईएको एपको सफ्टवेयरले कपालको गुणस्तरको बारेमा सहि जानकारी दिनुका साथै विभिन्न उत्पादनहरुको प्रयोगको लागि सुझाव तथा सल्लाह दिनेछ ।

लोरियलको स्मार्ट हेयर ब्रसमा ब्याट्रीद्धारा चार्ज गरिन्छ जसमा डिस्पोजेबल ब्याट्री लाग्दछ र यसमा चार्जको लागि कुनै पोर्ट छैन् ।

कम्पनीकाअनुसार यो ग्याजेट वाटर रेसिस्ट छ, जून बजारमा यो वर्षको अन्त्यमा बिक्रीका लागि उपलब्ध हुनेछ ।