ब्रोकरका शाखा विस्तारमा बोर्ड सकारात्मक, नेप्सेसँग माग्यो रायसहित सिफारिस « Eglish Khabarhub

ब्रोकरका शाखा विस्तारमा बोर्ड सकारात्मक, नेप्सेसँग माग्यो रायसहित सिफारिस



काठमाडौं । धितोपत्र बोर्डले धितोपत्र दलाल ब्यवसायी (ब्रोकर) को शाखा विस्तार गर्न दिनको लागि आवश्यक तयारी गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्राचार गरेको छ ।

ब्रोकरको शाखा तथा रिमोट वर्क स्टेसन विस्तार गर्न नेप्सेले पठाएको पत्र अपुरो भएको भन्दै थप गृहकार्य र अध्ययन गरेर राय सिफारिस सहित पत्र पेश गर्न पनि बोर्डले निर्देशन दिएको छ ।

‘ब्रोकरको शाखा विस्तार सम्वन्धी नेप्सेबाट प्राप्त पत्र तथा सो पत्र साथ संलग्न धितोपत्र दलाल संघको पत्रमा धितोपत्र दलाल व्यवसायीको नाम तथ ाशाखा रहने स्थान मात्र उल्लेख भएको देखिएको तर सो कार्यसँग अन्तर्नीहित जोखिम र सोको न्यूनिकरण सम्वन्धमा नेप्सेको धारणा तथा राय उपलव्ध भएन,’ बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेप्सेले आवश्यक गृहकार्य गरेर राय र सुझाव सहित पत्र नपठाएकोले बोर्डले नेप्से, सिडिएस एण्ड क्लियरिङ्ग तथा सेयर ब्रोकर संघका प्रतिनिधिहरु समेतको सहभागितामा छलफल गरेको छ ।

सो छलफलमा ब्रोकरको शाखा विस्तारको लागि ब्रोकरको पूँजी, आवश्यक पूर्वाधार, जोखिम व्यवस्थापन, आवश्यक जनशक्ति तथा सोको व्यवस्थापन, नेप्सेको कारोवार प्रणाली तथा सिडिएस एण्ड क्लियरिङ्गको राफसाफ तथा फछ्र्यौट कार्य व्यवस्थापन तथा सो कार्यसँगको जोखिम एवं जोखिम न्यूनिकरण लगायतका विषयहरुमा स्पष्ट गरी कार्य अगाडी बढाउँदा अन्तर्नीहित जोखिम न्यूनिकरण भई लगानीकर्ताहरुले सहजरुपमा सेवा पाउन सक्ने निस्कर्ष निकालिएको छ ।

छलफलले नेप्सेको राय तथा सिफारिश लिन उपयुक्त हुने उपस्थित प्रतिनिधिहरुको मतैक्य भई उक्त विषयहरु सम्बन्धमा नेप्सेको राय तथा सिफारिश पेश गर्नका लागि निर्णय भए बमोजिम नेप्सेलाई अनुरोध गरिएको छ । नेप्सेको राय तथा सिफारिश बोर्डमा प्राप्त पछि सो सम्बन्धी कार्य तत्काल अगाडि बढाईने बोर्डले जानकारी दिएको छ ।

Publish on: