२२ मंसिर २०८२, आइतबार

पुननिर्माण प्राधिकरण नेताहरुको कठपुतलीः डा. भट्टराई


डा बाबुराम भट्टराई पूर्व प्रधानमन्त्री तथा संयोजक नयाँ शक्ति नेपाल
मूर्खका मनमा अर्ती गाली तुल्य बिझाउँछ
दूधपान गरी सर्प विष मात्र बढाउँछ ।
( कविशीरोमणि लेखनाथ पौड्याल)
महाविनाशकारी भूकम्प गएको दुइ बर्ष पुग्न लाग्दा पनि घरवारविहीन बन्न पुगेका क़रीब आठ लाख घरपरिवार सडकरगोठरछाप्रामा चिसो हिउँदको कहर खेप्न वाध्य छन् । सरकारको कुर्सीमा बसेका लोकत्नत्रका खानदानी ठेकेदारदेखि क्रान्तिका नवधनाढ्य ठेकेदारसम्म विदेशीले नेपाली जनताकै टाउकामा बोकाएको थप ऋणको भारी र केही दानदातव्यको रकम बाँड्ने आफ्नो मान्छेु फेर्ने कचिंगलमै मस्त छन् ।
महाभूकम्पको लगत्तै पछि मैले इण्डोनेसिया, जापान, भारत, पाकिस्तान लगायतका अनुभवको अध्ययन र केही जानकार नेपाली विज्ञहरूको समेत सल्लाह लिएर एउटा अधिकारसम्पन्न र सापेक्षरूपले स्वायत्त राष्ट्रिय नवरपुनर्निर्माण प्राधिकरण गठन गर्ने र त्यस मार्फत युद्धस्तरमा सम्पूर्ण कार्य एकीकृत रूपमा सम्पन्न गर्ने अवधारणा अघि सारेको थिएँ ।
तर जुनसुकै राष्ट्रिय विपत्तिको पनि दलीयरगुटीयरनिजी लाभ लिन र भागवण्डाको राजनीति गर्न अभ्यस्त भैसकेका देशका प्रमुख दल र नेताहरूले एउटा नाममात्रको कठपुतली जस्तो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणु नाउँको अर्को सरकारी विभाग गठन गरे र आआफ्ना प्रियपात्रहरूलाई सिइओको टीका लगाउन र ९/९ महिनाको सरकार फेरवदलसंगै उसलाई पनि फेर्दै जाने शृंखला शुरू गरे ।
अहिले फेरि अर्को आफु अनुकुलको सिइओ फेर्ने नाटकको मंचन भैरहेछ ।
समस्या सिइओ व्यक्तिविशेषको हैन । मूल समस्या प्राधिकरणको हैसियत र संरचनाको हो । कमसेकम वरिष्ठ मन्त्री वा अझै राम्रो उपप्रधानमन्त्रीको हैसियत सहितको विज्ञ राजनीतिज्ञ, प्रशासकको क्षमता भएको व्यक्तिको नेतृत्वमा मन्त्रीपरिषद् वा संसदप्रति जिम्मेवार हुनेगरी र राज्यका सबै आवश्यक अंग र साधनश्रोत परिचालन निश्चित अवधिसम्म गर्न सक्ने गरी ऐनमा संशोधन गरेर अर्को प्राधिकरणको गठन गर्नु नै यो समस्याको वास्तविक समाधान हो ।
डा. भट्टराईको फेसबुकबाट