खनिजजन्य उद्योगमा बैदेशिक लगानी खोजिँदैः उद्योग मन्त्री जोशी « Eglish Khabarhub

खनिजजन्य उद्योगमा बैदेशिक लगानी खोजिँदैः उद्योग मन्त्री जोशी



काठमाडौं । सरकारले फागुन ४ वा ५ गते राष्ट्रिय अल्लो सम्मेलन गर्ने भएको छ ।  उद्योग मन्त्रालयमा आज आइतवार आयोजित पत्रकार सम्मेलनमा सो विषयकोे जानकारी उद्योग मन्त्री नविन्द्रराज जोशीले दिए ।

नेपालको ५८ जिल्लामा पाइने अल्लोलाई व्यवसायीक बनाउने उद्देश्यले मन्त्रालयले सम्मेलनको आयोजना गर्न लागेको उनको भनाइ थियो । अहिले निर्यातको ठुलो हिस्सा अल्लोको रहेको जानकारी दिँदै मन्त्री जोशीले भने, ‘यो क्षेत्रले करीब एक लाख रोजगारी दिन सक्ने देखेर मन्त्रालयले आवश्यक पुँजी जुटाई यसको प्रशोधन मेसिन खरिद प्रक्रिया अगाडी बढाएका छौं ।’

उनले अहिले २० वटा मेसिन खरिद गर्ने तयारी रहेको र नेपाली बैज्ञानिकहरुले निर्माण गरेको मेसिन नै खरिद प्रक्रियामा रहेको र एउटा मेसिनको मुल्य ७ लाख हाराहारीमा पर्ने जानकारी दिए ।

अल्लो व्यवसायमा दाङ जिल्लामा मात्रै २० हजार मानिस संग्लग्न रहेका छन् भने, यसको सम्भावना पूर्वको संखुवासभासम्म रहेको छ ।

यसैगरी खनिजजन्य उद्योगमा बैदेशिक लगानीको खोजिमा सरकार रहेको र फागुनमा हुने लगानी सम्मेलन अगाडी नै सरकारले उद्योग व्यवसायसँग सम्बन्धित सबै ऐनहरु पारित गराउन लागिपरेको मन्त्री जोशीले जानकारी दिए ।

उद्योग मन्त्रालयले सहिद सप्ताहमा देश भर रहेका उद्योग विभाग अन्र्तगतका सबै कार्यालयमा ‘उद्यमी बनी राष्ट्रको समृद्धीमा योगदान, सहिदहरु प्रति श्रद्धान्जली र सम्मान’ उल्लेखित व्यानर राख्ने निर्णय गरेको जानकारी दिईयो ।

Publish on: