भक्तपुरमा आज ९ घण्टा बिजुली नआउने, किन हुँदैछ लोडसेसिडङ « Eglish Khabarhub

भक्तपुरमा आज ९ घण्टा बिजुली नआउने, किन हुँदैछ लोडसेसिडङ




काठमाडौं । नेपाल विद्यृत प्राधिकरणले आज भक्तपुरमा विद्यृत आपूर्ति अवरुद्ध हुने बताएको छ । भक्तपुरमा आज विहान ८ बजेदेखि बेलूका ५ बजेसम्म लोडसेडिङ हुने भएको हो ।

विद्यृत प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरेर भक्तपुरमा विद्यृत आपूर्ति अवरुद्ध हुने जानकारी गराएको छ ।

विद्यृत प्राधिकरणले चपलि १३२ के.भी सवस्टेसन विस्तारका लागि भनेर भक्तपुरको विद्यृत आपूर्ति अवरुद्ध गरेको हो ।

भक्तपुर न्यूचावहिल ६६ के.भी प्रशारण लाईन सटडाउन लिई चपलि न्यु चावहिल ६६ के.भी प्रशारण लाईन स्थापित गर्नू पर्ने भएकाले न्यु चाहिल तथा पूरानो चाहिलबाट विद्यृत प्रवाह हूने स्थानहरुमा विद्यूत आपूर्ति अवरुद्ध हुने विद्यूत प्राधिकरणले जनाएको छ ।

Publish on: