एटिएम चलाउने तरिकाबारे सन्जिव शुब्बाको टिप्स « Eglish Khabarhub

एटिएम चलाउने तरिकाबारे सन्जिव शुब्बाको टिप्स


१५ माघ २०७३, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

नेशनल बैंकिङ इन्सिच्युटका प्रमुख कार्यकारी अधिकृत सन्जिव शुब्बा बैकिङ क्षेत्रका बारेमा फेसबुकमा स्टाटस पोस्ट गरिरहेका हुन्छन् । उनले एटिएमको सुरक्षित तरिकाले चलाउने टिप्स फेसबुकमा पोस्ट गरेका छन् । हेरौ उनका शुब्बाले दिएका ९ टिप्स

१. पिन फोन या कतै पनि सेभ गरेर नराख्दा नै राम्रो । बरु दिमाग मै याद राख्नु होस्। बैंक ले दिएको पिन तुरुन्तै परिवर्तन गरि हाल्नुहोस ।

२.   १२३४ आदि सहजै चोर्न सकने पिन हुन् एस्तो नम्बर सोच्नुहोस जुन तपाई लाई याद होस तर अरु ले गेस गर्न नसकोस । अफिसको कुनै साथि को गाडी को नम्बर ९आफ्नै गाडिरमोटर साइकल को होईन नि कसैले मोबाईल को ४ डिजिट ३ चोटी भन्दा बढी गेस गरेमा भने मेसिन ले नै कार्ड फिर्ता ली हाल्छ या शाखा मा सम्पर्क गर्न भनि हाल्छ।

३. घर परिवार को सदस्य लाई पनि पिन थाहा नदिनु होस । धेरै घटना घर कै सदस्य बाट नै पनि भएको छ र पछी बैंक को सीसीटिभी फुटेज मा आफ्नै मान्छे को अनुहार देख्दा लाज पनि हुन्छ।

४. एटिएम बुथ भित्र आफु मात्र जानु होस अपरिचित मान्छे को कहिले पनि सहयोग नलिनु होस न त अपरिचित मान्छे लाई एटिएम कसरी चलाउने भनेर सहयोग नै गर्नु होस बैंक कै कर्मचारी लाई पनि आफ्नो पिन भन्नु जरुरी छैन ।

५. पिन थिच्दा हात र जिउ ले कि बोर्ड छोप्नु होस ताकी कुनै क्यामेरा लुकाएको छ भने पनि त्यो क्यामेरा ले तपाईको पिन नदेखोस ।

६. ट्राञ्जेक्सन स्लिप धेरै ले बुथ मै रहेको डस्ट बिन मा फाल्ने गर्छन । तपाईको महत्वपूर्ण सुचना हुन सक्छ त्यो स्लिप मा । कि आफु संगै लानु होस र फाल्न परे परे टुक्रा टुक्रा बनाएर मात्र फाल्नु होस ।

७. पैसा र कार्ड निस्की सके पछि फेरी एकचोटी क्यान्सल बटन को सुबिधा छ भने थिच्दा फरक पर्दैन।

८. पैसा निस्के पछी कार्ड फिर्ता लिन नबिर्सनु होस् ।

९. एसएमएस अलर्ट को लागि बैंक मा निबेदन दिनु होस ताकी पैसा निकाल्ने बितिकै तपाईको मोबाईल मा मेसेज आउने होस । समय समय मा खाता को स्टेटमेन्ट चेक गरेर मिले छ कि छैन भन्ने कुरा को हेक्का गर्नु होस् ।

प्रकाशित मिति : १५ माघ २०७३, शनिबार ००:००  ९ : १७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping