सम्पत्ति शुद्धीकरणको बिषयमा सभासद्लाई कन्भिन्स गर्नुपर्ने अबस्था छः गभर्नर « Eglish Khabarhub

सम्पत्ति शुद्धीकरणको बिषयमा सभासद्लाई कन्भिन्स गर्नुपर्ने अबस्था छः गभर्नर


१४ माघ २०७३, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले सम्पत्ति शुद्धीकरण निवारणको विषयमा राजनीतिज्ञदेखि सरोकारवालालाई समेत कम जानकारी रहेको बताएका छन् । चेतनाको कमीको कारण अन्तराष्ट्रिय रुपमा गम्भीर समस्या आउन सक्ने भन्दै उनले सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

फिन्टेलिक्ट र नेपाल बैंकिङ् इन्स्टिचुट (एनबिआइ) ले नेपालका बैंक तथा बित्तीय संस्थाको सम्पत्ति सुद्धिकरणका बिषयमा नियम पालना, क्षमता लगायतका बिषयमा गरेको अध्ययन सार्वजनिक गर्दै डा. नेपालले यस्तो धारणा राखेका हुन् ।

‘सभासदज्यूहरु नै बाहिरबाट स्रोत नखुलेको पैसा राष्ट्र बैंकले रोकेको सन्दर्भमा गरीब देशमा आउने पैसा किन रोकेको होला भन्नुहुन्छ, स्रोत नखुलेका यस्ता पैसा जसरी आउछ त्यसैगरी जान्छ भनेर उहाँहरुलाई कन्भिन्स गर्नुपर्ने अवस्था छ,’ डा. नेपालले भने ।

यस्ता स्रोेत नखुलेका पैसा जसरी आउँछ त्यसैगरी जाने उनले बताए । ठूलो परिमाणको पैसा एकैचोटि प्रणालीबाट बाहिरिने हुँदा बैंक तथा बित्तीय संस्था र समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पर्नेतर्फ सबैले सचेत हुनुपर्ने उनको भनाइ छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट देशमा सूचीकृत भएको छ । यस्तो अवस्थामा सम्पत्ति सुद्धिकरण पेचिलो बिषय भएको छ । तर, अध्ययनले बैंक तथा बित्तीय संस्थाहरु नियम पालना, सुशासन र प्रबिधिको दृष्टिकोणले निकै पछि रहेको देखाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७३, शुक्रबार ००:००  १ : ०२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping