आकास्मिक कोष विधेयक संसदबाट पारित « Eglish Khabarhub

आकास्मिक कोष विधेयक संसदबाट पारित


१४ माघ २०७३, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । व्यवस्थापिका–संसद्ले संघीय आकस्मिक कोष विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

यस अघि बैठकमा उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

विधेयकमाथि सांसदले राखेको जिज्ञासामा अर्थमन्त्री महराले विधेयकमाथि नसमेटिएका कतिपय विषय बस्तु नियम मार्फत सम्बोधन हुने बताए ।

उनले भने– ‘सिद्धान्ततः सबै राजनीतिक दलले विधेयकको आवश्यकतालाई स्वीकार गरेको छ, प्रारम्भमा २५ लाखबाट सुरु गर्ने भनिएको आकस्मिक कोषको प्रारम्भिक पुँजी एक करोड रुपैयाँ राख्न विधेयकमा प्रस्ताव गरिएको छ ।

उक्त विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा सांसद गङ्गालाल तुलाधर, रेवतीरमण भण्डारी र प्रेम सुवालले भाग लिएका थिए । भूकम्प, बाढीपहिरो, आगलागीलगायत प्राकृतिक प्रकोपको समयमा तत्काल खर्च गर्ने गरी स्थापना गर्न लागिएको सङ्घीय आकास्मिक कोषमा कम्तीमा पनि एक अर्ब रकमको जोहो हुनुपर्ने आवश्यकतामाथि उनीहरुले जोड दिए ।

प्रकाशित मिति : १४ माघ २०७३, शुक्रबार ००:००  ४ : ४७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping