श्रीराम ग्यास कम्पनीको बुलेट त्रिशुलीमा खस्यो, चालक सहचालक वेपत्ता « Eglish Khabarhub

श्रीराम ग्यास कम्पनीको बुलेट त्रिशुलीमा खस्यो, चालक सहचालक वेपत्ता



काठमाडौं । भारतको पारादिप रिफाइनरीबाट ग्यास बोकेर काठमाडौंतर्फ आउँदै गरेको एमएल ०२ एल ३९०७ नम्बरको ग्यास बुलेटसहितको ट्रंक ट्रक पृथ्वी राजमार्गअन्तर्गत धादिङ्गमा दुर्घटनामा परेको छ ।

उक्त बुलेटले धादिङ्गस्थित श्रीराम ग्यास उद्योगको लागि ग्यास बोकेर आउने क्रममा धादिङ्गको बेनीघाट रोराङ्ग गाउँपालिकास्थित कृष्णभिरमा आइतबार बिहान दुर्घटनामा परेको हो ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेका अनुसार सडकबाट तल खसेको गाडीको केही भाग भिरमा अडकिएको छ भने ग्यासको बुलेट ट्रंक ट्रकबाट चोइटिएर त्रिशुली नदीमा डुवेको छ । बुलेटका चालक र सहचालक वेपत्ता भएका छन् । ती दुवैजनाको खोजी भइरहेको घिमिरेले जानकारी दिए ।

उक्त बुलेटमा २५ लाख रुपैयाँबराबरको करिब १८ टन ग्यास लोड थियो । गाडी र ग्याससहित करिब १ अर्ब रुपैयाँबराबरको नोक्सानी भएको घिमिरेले जानकारी दिए ।

प्रहरीले ग्याससहितको बुलेट त्रिशुली नदीमा खसेकाले दुर्घटना वरपरका बासिन्दालाई सुरक्षित बस्न अनुरोध गरेको छ ।

Publish on: