नेप्सेमा यो साता ९० अंकको गिरावट, कारोवार रकम भने वृद्धी « Eglish Khabarhub

नेप्सेमा यो साता ९० अंकको गिरावट, कारोवार रकम भने वृद्धी


१५ माघ २०७३, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९० दशमलव ७ अङकले घटेर अन्तिम दिन एक हजार ३यस ७५ अङ्कमा पुगेको छ । गत साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५ दशमलव १६ अङ्कले ओरालो लागेको थियो ।

यससाता नेपाल स्टक एक्सचेन्जमा १ सय ५५ कम्पनीको कारोबार भएको छ । जसअनुसार १९ हजार ३६० कारोबारबाट दुई अर्ब २२ करोड ९७ लाख पाँच हजार रुपैयाँ बराबरका ६६ लाख ६७ हजार १ सय ३० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १९ दशमलव ९४ प्रतिशत बढी हो ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १९ दशमलव ७५ अङ्कले घटेर २९८ दशमलव ४८ अङ्कमा आइपुगेको छ ।

गत साता १ सय ५३ कम्पनीको कारोबार भएको थियो । जसअनुसार १४ हजार ७ सय ८५ कारोबारबाट एक अर्ब ८५ करोड ९० लाख ३७ हजार रुपैयाँ बराबरका एक करोड १३ लाख १८ हजार २७० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

यो साता समुगत परिसूचकमा वाण्ज्यि बैंकको ९४ दशमलव ०२, विकास बैंक ७४ दशमलव ३५, वित्त ४५ दशमलव १२, होटल ९३ दशमलव ८६, जलविद्युत् ८८ दशमलव ०१, बीमा ५ सय ७५ दशमलव ७८, उत्पादनमूलक ३५ दशमलव ३५, व्यापारमा शून्य र अन्य समूहको परिसूचकमा १९ दशमलव ७५ अङ्कले गिरावट आएको नेप्सेले उल्लेख गरेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १९ दशमलव ७५ अङ्कले घटेर २९८ दशमलव ४८ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकम (रु ३६ करोड ३० लाख ८० हजार)को आधारमा प्रभु बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्या (१८ लाख ५६ हजार कित्ता) को आधारमा पनि प्रभु बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार सङ्ख्या (१६५० वटा) को आधारमा प्रभु बैंक लिमिटेड नै अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋण पत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

यस साता माउण्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेडको तीन लाख ९० हजार र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड २८ हजार २८९ हकप्रद, सनराइज बैंक लिमिटेडको एक लाख ३२ हजार ५३४ बोनस तथा नविल इक्वीटी फन्डको १२ करोड ५० लाख इकाई कित्ता सेयर सूचीकृत भएको छ ।

प्रकाशित मिति : १५ माघ २०७३, शनिबार ००:००  ५ : २० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping