मध्यमान्चलका तीन जिल्लामा पूँजी बजार सम्बन्धित जनचेतना « Eglish Khabarhub

मध्यमान्चलका तीन जिल्लामा पूँजी बजार सम्बन्धित जनचेतना



काठमाडौं । धितोपत्र बोर्डले पूँजी बजार सम्बन्धि जनचेतना बढाउन मध्यमान्चल बिकास क्षेत्रका बिभिन्न ३ जिल्लामा अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको छ । बोर्डले दाङ, सल्यान र रुकुम जिल्लामा जनचेतना तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको हो ।

दाङ्ग, सल्यान र रुकुमका सम्बन्धित जिल्ला उद्योग वाणिज्य संघको संयुक्त आयोजना, तथा विभिन्न कलेजहरुको संयोजनमा पूँजी बजार सम्बन्धि छुट्टाछुट्टै कार्यक्रम सम्पन्न गरेको बोर्डले जानकारी दिएको छ ।

दाङ्गको कार्यक्रममा दाङ उद्योग बाणिज्य संघका उपाध्यक्ष नारायण प्रसाद भुषाल तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बोर्डले संचालन गरेका पूँजीबजार सम्बन्धी जनचेतना अभिबृद्धि कार्यक्रमले काठमाडौं केन्द्रित पूँजी बजारले दाङ्गमा समेत लगानीको लागि वातावरण बनाउने विचार राखे ।

यस्तै भिक्टोरिया इन्टरनेशनल कलेजको संयोजनमा २०० जनाभन्दा बढी विद्यार्थी तथा शिक्षकहरुको सहभागितामा पूँजी बजार सम्बन्धी थप कार्यक्रम समेत भएको थियो ।

सल्यानको कार्यक्रममा सल्यान उद्योग बाणिज्य संघका अध्यक्ष सधन श्रेष्ठ तथा प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकीले बोर्डले लगानीकर्ताहरुको बजारप्रतिको बिश्वास अभिबृद्धि गर्न नियमन तथा सुपरीवेक्षण कार्यलाई अझै प्रभावकारी बनाउनु पर्ने धारणा राखे ।

सल्यानको शिव जनक्याम्पसमा करीव १७५जनाभन्दा बढी विद्यार्थी तथा शिक्षकहरुको सहभागितामा समेत यस्तो कार्यक्रम सम्पन्नभ एको थियोे ।

रुकुमको कार्यक्रममा रुकुम उद्योग बाणिज्य संघका उपाध्यक्ष वालकुमारी गिरी तथा निमित्त प्रमुख जिल्ला अधिकारी शेर बहादुर पुनले बोर्डले पूँजी बजारमा हालसालै गरेका विभिन्न सुधार तथा सकारात्मक पक्षहरुले गर्दा नेपालको पूँजी बजार लगानीकर्तामैत्री भई अर्थतन्त्रको ऐनाको रुपमा विकास हुँदै गइरहेको धारणा राखे ।

रुकुमको त्रिभुवन जनता उच्चमामाबिमा करीव १६० जनाभन्दा बढी विद्यार्थी तथा शिक्षकहरुको सहभागितामा सम्पन्न भएको थियो । सो कार्यक्रमहरुमा स्थानीय सरकारी निकायका पदाधिकारीहरु, जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारीहरु, लगानीकर्ताहरु, शिक्षक, विद्यार्थी, व्यवसायी, पत्रकार तथा सर्वसाधारणहरुको सहभागितामा नेपालको पूँजी बजारका विविधपक्षहरु, पूँजीबजारका संभावना तथा चूनौतीहरुको बारेमा छलफल भएको थियो ।

सो कार्यक्रममा बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले काठमाडौं केन्द्रित रहेको पूँजी बजारलाई देशव्यापी वनाउन जनचेतना बढाउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको जानकारी गराउँदै प्राथमिक बजारमा धितोपत्रको सार्वजनिक निष्काशन कार्यलाई छिटो छरितो र पारदर्शी बनाई सर्वसाधारण लगानीकर्ताहरुले सहज रुपमा धितोपत्र खरीद गर्न सक्ने व्यवस्था गर्न माघ १ गतेदेखि आस्बा प्रणाली लागू गरिएको जानकारी दिए ।

सो प्रणालीले गर्दा देशका७३ जिल्लामा रहेका विभिन्न वाणिज्य बैंक तथा विकास बैंकहरुका २ हजार भन्दा बढी शाखामार्फत आवेदन गर्न सक्ने व्यवस्था भई धितोपत्रको प्राथमिक बजार विस्तार भएको अध्यक्ष कार्कीको भनाइ छ ।

दोश्रो बजार सेवालाई क्रमशः देशव्यापी बनाउन धितोपत्र दलालको शाखालाई काठमाडौं बाहिर विस्तार गर्न लागिएको उनले जानकारी दिए । त्यसै गरी बोर्डले धितोपत्रको दोस्रो बजारमा एनआरएनलाई समते सहभागी गराउन आवश्यक कार्यविधि तयार गर्ने क्रममा रहेको जानकारी गराउँदै यसको कार्यान्वयन पश्चात धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो भई नेपाली अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्ने अध्यक्ष कार्कीको दाबी छ ।

बोर्डका निर्देशक मुक्तिनाथ श्रेष्ठले पूँजी बजारका विविधप क्षहरुको वारेमा कार्यपत्र पेश गरेका थिए भने बोर्डका कामु अधिकृत राजु बहादुर जिसीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।

Publish on: