धुलो कलंकी, चक्रपथ र चाबहिलमा, ब्रुमर लैनचौर, दरबारमार्ग र बालुवाटारमा « Eglish Khabarhub

धुलो कलंकी, चक्रपथ र चाबहिलमा, ब्रुमर लैनचौर, दरबारमार्ग र बालुवाटारमा


२ फाल्गुन २०७३, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

चाबहिल धाेबीखाेला पुल नजिककाे सडक

काठमाडौं । सार्बजनिक सेवा प्रबाह गर्ने नाममा सरकारी निकायले कसरी बद्मासी गर्छन् भन्ने उदाहरण हेर्न काठमाडौंमा धुलोको मुस्लो उडिरहेको कलंकी र चाबहिल गए हुने भएको छ ।

मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने क्रममा काठमाडौं धुल्याम्मे भएपनि बढी धुलो उडेको ठाउमा नभै सरकारका उच्च अधिकारीको निवास वरिपरी मात्रै धुलो टिप्ने गाडी (ब्रुमर) प्रयोग गर्ने निर्णय भएबाट यसको थप पुष्टी भएको छ ।

काठमाडौंबासीको दुई दशक लामो सपना (मेलम्ची खानेपानी आयोजना) का लागि पाइप बिच्छ्याउन भन्दै काठमाडौंका सडक भत्काउने कार्य तीब्र गतिमा भइरहेको छ । पाइप बिच्छ्याउन भन्दै खनिएका काठमाडौंका सडक सास फेर्न तथा आँखा खोल्न मुस्किल हुनेगरी धुलाम्मे छन् । धुलोका कारण उपत्यकाबासीको जीवन अस्तव्यस्त भइरहेको छ ।

चाबहिलबाट महाराजगन्जतिर जाने अाेरालाे

सडक धुलाम्मे भएका कारण सर्वसाधारणले सास्ती खेप्नुका साथै निकै कष्टपूर्ण दैनिकी व्यतित गर्नु परेको छ । यो बिषयमा जनगुनासो बढ्नुका साथै सर्वाेच्च अदालतमासमेत मुद्दा दायर भएपछि अदालतको आदेश माने जस्तो गरेर सरकारले उच्च अधिकारीको निवास वरपर बु्रमर प्रयोगको निर्णय गरेको छ ।

संविधानको धारा ३० को उपधारा (१) मा प्रत्येक नागरिक स्वच्छ तथा स्वस्थ्य वातावरणमा बाँच्न पाउने व्यवस्था गरिएको छ । यसै गरी उपधारा (२) मा प्रदूषणबाट हुने क्षतिबापत पीडितलाई पीडकबाट क्षतिपूर्ति भराउने उल्लेख छ ।

सर्वोच्च अदालतले सरकारलाई निर्माण कार्य गर्दा धूँवा धुलो निर्यन्त्रण गरेर मात्र त्यस्ता आयोजनाहरु संचालन गर्न आदेश जारी गरेको थियो ।

यसैबीच काठमाडौं महानगरपालिकाले धुलोबाट आजित भएका जनतालाई राहत दिने भन्दै भ्याकुम भएको कुचो (ब्रुमर) ले सडकको धूलो उठाउने बताएको थियो ।

चाबहिल

सडकको धुलोबाट आजित भएका जनतालाई राहत दिनुको सट्टा महानगरले कम धुलो उड्ने सडक र मेलम्ची आयोजनाले नभत्काएको स्थानमा धुलो उठाउन ब्रुमरको प्रयोग गर्ने गरेको छ ।

काठमाडौं भित्रका स्वच्छ सडकहरुको नाम लिदा दरवारमार्ग (नारायणयहिटी दरबार अगाडि), लैनचौर (भारतीय दूतावास रहेको ठाउँ), बालुवाटार (प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधिश जस्ता सरकारी उच्च अधिकारीको निवास र नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय रहेको ठाँउ) का सडकको नाम आउछ ।

महानगरले ब्रुमर चलाउने निर्णय गरेको बालुवाटार क्षेत्रको सडक

महानगरले यिनै तीन ठाउमा दैनिक एक घण्टा (विहान ७ देखि ८ बजे) सम्म ब्रुमरको प्रयोग गरेर धुलो उठाउन थालेको छ । यी तीन स्थानमा दैनिक धुलो उठाउने काम भइरहेको महानगरका प्रबक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

खनेको सडकको धुलो उठाउनै नसक्ने ब्रुमर

महानगरसँग पक्की सडकको मात्र धुलो उठाउन सक्ने ब्रुमर रहेको कार्कीले जानकारी दिए । खनिएको र खाल्टाखुल्टी भएको सडकको धुलो अहिले महानगरसँग भएका ब्रुमरले उठाउन नसक्ने उनको भनाइ छ ।

‘हामीसँग भएको ब्रुमरले खाल्टाखुल्टी सडकको धूलो उठान सक्दैन, त्यसैले हामी नयाँ मेसिन खरिदको प्रक्रियामा छौं,’ कार्कीले क्लिकमाण्डूसँग भने ।

हाल महानगरसँग २ वटा ब्रुमर मेसिन छन् । एउटा चीनले अनुदान स्वरुप दिएको हो भने अर्को भारतसँग किनिएको हो ।

ब्यवस्थापिका संसदको विकास समितिको माघ २१ गतेको बैठकले महानगरलाई काठमाडौंको सरसफाईका लागि आवश्यक पर्ने ब्रुमर मेसिन खरिद गर्न निर्देशन दिइसकेको छ ।

अहिले खनेको सडक छिटोमा ८ महिनापछि मात्रै पिच हुने

खानेपानी वितरणका लागि उपत्यकामा ७६० किलोमिटर पाइप बिच्छ्याउने काम भइरहेको छ । पाइप बिच्छ्याइएको सडकमा हाललाई खाल्टो पुरेर ग्राभेल गरी अस्थायी पिच बनाइदैछ ।

मेलम्ची खानेपानीको नाममा खनिएको सडक पूर्ण पिच हुन कम्तिमा पनि ८ महिना कुर्नुपर्ने छ । मेलम्ची आयोजना र सडक विभागबीच भएको सम्झौता अनुसार २०७४ असोजपछि मात्रै बिच्छ्याइएको पाइपमा पानी परीक्षण गरेर मात्र स्थायी कालोपत्रे हुनेछ । त्यसमा पनि सरकारी ढिलासुस्ती र एकले अर्काेलाई दोष देखाएर कटाउने समय जोड्दो योभन्दा बढी समय लाग्न सक्छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७३, सोमबार ००:००  ११ : २४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping