ओमको शाखा लेकसाईडमा « Eglish Khabarhub

ओमको शाखा लेकसाईडमा




पोखरा । ओम डेभलपमेन्ट बैंकले पोखराको लेकसाईडमा शाखा बिस्तार गरेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा बैंक तथा वित्तीय संस्था नियमन विभाग कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

बैंकले हाल ३१ वटा शाखाहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गरिराखेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बताए ।

शाखा उद्घाटनको क्रममा बैंकका अध्यक्ष सुशिल कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकका बिभिन्न गतिविधीहरु जानकारी गरांउदै मनास्लु विकास बैंकसंग मर्जरको प्रक्रियामा रहेको र मर्जरपछि खोल्ने प्रक्रियामा रहेको शाखा सहित ४२ वटा शाखा कार्यालय हुने जानकारी दिईएको थियो ।

पोखरामा केन्द्रीय कार्यालय रहेका बैंकले आर्थिक बर्ष २०७३ पौष मसान्तसम्म १२ अर्ब ९९ करोड निक्षेप संकलन, ११ अर्ब ३४ करोड रुपैयौ कर्जा लगानी गरि २९ करोड ८९ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

Publish on: