३० मंसिर २०८२, सोमबार

भुटानी मोडलमा नेपालको पूर्वाधारमा लगानी गर्ने भारतीय रेलमन्त्री प्रभुको इच्छा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय रेलमन्त्री सुरेश प्रभुले नेपालको पूर्वाधार विकासमा भुटानी मोडलमा सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् । भुटानको पूर्वाधार विकासमा भारतले ठूलो लगानी गरेको उल्लेख गर्दै मन्त्री प्रभुले नेपाललाई पनि भुटानी मोडलअनुसार काम गर्दा फाइदा पुग्ने बताए ।

‘हामी फेरि बसेर आयोजनाहरु कसरी अघि बढाउने भन्ने छलफल गर्न सक्छौं, हामी एक अर्काबीच लाभ बाँडफाँड गरेरै काम गर्न सक्छौं,’ पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै प्रभुले भने, ‘नेपालले पनि भुटानी मोडलमा भारसँग सहकार्य गर्दा अधिकतम लाभ लिन सक्छ ।’

भुटानमा उत्पादन भएको सबै विजुली भारतले किनेकाले भुटानको प्रतिव्यक्ति आय उच्च भएको उल्लेख गर्दै सोही नेपालसँग सहकार्य गर्न भारत सँधै तयार रहेको बताए ।

तर, भुटानको राजनीतिमा हस्तक्षेप गरी त्यहाँको परराष्ट्र र सुरक्षा नीतिसमेत भारले हेर्दै आएको छ । भुटानका प्राकृतिक सम्पदाहरुमाथि कब्जा जमाएको भन्ने आरोप भारतमाथि लाग्दै आइरहेको अवस्थामा नेपाललाई पनि भुटानी मोडलमा काम गर्न प्रभुले दिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत सरकारले नेपाललाई सडक र पुल निर्माण गर्न साढे ३६ अर्ब रुपैयाँ आर्थिक सहयोग गर्ने जानकारीसमेत दिए ।