विश्वकै शक्तिशाली १३ नेताले कति तलब खान्छन् ? « Eglish Khabarhub

विश्वकै शक्तिशाली १३ नेताले कति तलब खान्छन् ?


१७ फाल्गुन २०७३, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

सन् २०१५ को मध्यतिर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफू र आफ्ना मातहतका सबै कर्मचारीको तलब १० प्रतिशतले घटाउने घोषणा गरेका थिए । उनको देशले युक्रेन लगायतका देशमा चालेको कदमका कारण आर्थिक प्रतिबन्ध खेपिरहेको पृष्ठभूमि उनको सो निर्णय आएको थियो ।

पुटिनले आफ्नो तलब नै कति हो ? भन्ने थाहा नपाएको संदर्भमा उनको यो कदमले घटाएको तलब उनी र उनका कर्मचारीलाई के अर्थ राख्छ ? भन्ने बिवाद पनि खडा भएको थियो ।

‘साँच्चै मेरो तलब कति हो ? मलाइ थाहा छैन । उनीहरुले मलाई चेक दिन्छन्, अनी म खातामा हालिहाल्छु’ सन् २०१५ को डिसेम्बर महिनामा आयोजित एक कार्यक्रममा पुटिनले भनेका थिए ।

न्यूयोर्क शहरभन्दा पनि सानो टापुमा रहेको देशको प्रधानमन्त्रीको तलबको तुलनामा पुटिनको तलब चानचुनमात्र हो ।

सिङ्गापुरका प्रधानमन्त्री ली हसाइन लुङ्को बार्षिक १७ लाख डलर तलब पुटिनको आधिकारीक तलब भन्दा १२.५ गुणा धेरै छ । लुङ्को तलबले संयुक्त रुपमा भारत, ब्राजिल, इटाली, रुस, फ्रान्स, टर्की, जापान, बेलायत, दक्षिण अफ्रिका र जर्मनीका सरकार वा राष्ट्र प्रमुखहरुलाई तलब दिन पुग्छ ।

दि इकोनोमिस्टका अनुसार लुङ्को सहर वा देश सिङ्गापुर लगातार संसारकै सबैभन्दा महङ्गो सहरकारुपमा सूचीकृत भएको छ । १३ जना बिश्व नेताहरुको आधिकारीक तलब निम्न अनुसार राखिएको छ ।

१. ली हसाइन लुङ् (सिङ्गापुर) १७ लाख डलर
२. डोनाल्ड ट्रम्प (अमेरिका) ४ लाख डलर

नोटः अमेरिकी राष्ट्रपतिको आधिकारिक तलब ४ लाख डलर भए पनि उनले आफूले बार्षिक रुपमा १ डलरमात्र तलब लिने घोषणा गरेका छन् ।

३. स्टेपहेन हार्पर (क्यानडा) २.६ लाख डलर
४. ऐन्जीला मार्केल (जर्मनी) २.३४ लाख डलर
५. ज्याकब जुमा (दक्षिण अफ्रिका) २.२३ लाख डलर
६. थेरेसा मे (बेलायत) २.१५ लाख डलर
७. सिन्जो अबे (जापान) २.०२७ लाख डलर
८. रेसेप टायप (टर्की) १.९७४ लाख डलर
९. फ्रन्सोइस होल्याण्डी (फ्रान्स) १.९४३ लाख डलर
१०. भाल्दमीर पुटिन (रुस) १.३६ लाख डलर
११. म्याटिओ रेन्जी (इटाली) १.२४६ लाख डलर
१२. मिचेल टिमर (ब्राजील) १.२० लाख डलर
१३. नेरेन्द्र मोदि (भारत) ३.३ हजार डलर

प्रकाशित मिति : १७ फाल्गुन २०७३, मंगलबार ००:००  १ : २७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping