समुन्द्रमा ट्राफिक जाम हुँदा नेपाली उद्योगमा कच्चा पदार्थको अभाब « Eglish Khabarhub

समुन्द्रमा ट्राफिक जाम हुँदा नेपाली उद्योगमा कच्चा पदार्थको अभाब


१७ फाल्गुन २०७३, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


काठमाडौं । भारतबाहेकका देशबाट नेपालमा आयात हुने बस्तुको अभाब हुँदा नेपाली उद्योगसमेत समस्या परेका छन् । कच्चा तथा तयारी बस्तु आयातमा ढुवानीको जिम्मा लिएका बिदेशी ढुवानी कम्पनीले समयमै बस्तु ल्याउन नसक्दा समस्या भएको हो ।

पानी जहाजको धेरै हुँदा समुद्रमा चाप बढी भएर समयमै ढुवानी गर्न नसकिएको ढुवानी कम्पनीले जानकारी दिएको भन्सार एजेन्ट संघका अध्यक्ष जयप्रसाद शिवाकोटीले जानकारी दिए ।

‘पानी जहाजको संख्या बढी भएर बाटो नपाउदा समयमै ढुवानी गर्न सकिएन भन्ने जानकारी ढुवानी कम्पनीले दिएका छन्, अहिले नेपाल आउने कच्चा तथा तयारी बस्तु समयमै आउन सकिरहेका छैनन्,’ अध्यक्ष शिवाकोटीले क्लिकमाण्डूसँग भने ।

नेपाल आउने बस्तु बोकेका कन्टेनरहरु ठूलो संख्यामा सिंगापूर र श्रीलंकाको कोलम्बोमा रोकिएको उनले जानकारी दिए । सामान्य अबस्थामा १८ देखि २२ दिनमा भारतको कलकत्ता आइपुग्ने कन्टेनरहरु अहिले ५० दिनसम्म लाग्ने गरेको उनको भनाइ छ ।

समयमै कच्चा पदार्थ नआइपुग्दा नेपाली उद्योगलाई समस्या भएको नेपाल उद्योग बाणिज्य महासंघको उद्योग समितिका सहसभापति भरतराज आचार्यले जानकारी दिए । कतिपय उद्योगहरु कच्चा पदार्थको अभाबमा बन्द गर्नुपर्ने अबस्था आएको उनको भनाइ छ ।

‘चीनबाट सामान बोकेर हिडेका कन्टेनर सामान्यतः २० दिन भित्रमा भारतको कलकत्ता आइपुग्थे, अहिले ६०/६५ दिनसम्म पनि सामान आइपुगेका छैनन्, कच्चा पदार्थ समयमै नआउदा कतिपय उद्योग बन्द गर्नुपर्ने अबस्था आएको छ,’ आचार्यले क्लिकमाण्डूसँग भने ।

अहिले सबैभन्दा बढी समस्या अन्तराष्ट्रिय ढुवानी कम्पनी मास्र्कले ढुवानी जिम्मा लिएका उद्योगलाई परेको उनले बताए । ‘मास्र्कले जिम्मा लिएका बस्तु आउन सबैभन्दा बढी ढिलाइ भएको छ, उसले बढी सामान ल्याउन सम्झौता गरेको तर कन्टेनर कम भएको कारण पनि यस्तो भएको हो,’ उनले भने ।

भन्सार एजेन्ट संघका अध्यक्ष शिवाकोटी भने धेरै नेपाली उद्योगी ब्यवसायीले मास्र्कसँग ढुवानी सम्झौता गरेकोले यस्तो देखिएको बताउछन् । ‘समस्या धेरै कम्पनीमा छ, नेपाली उद्योगी ब्यवसायीले बढी मात्रामा मास्र्कसँग सम्झौता गर्ने गरेकोले उसको मात्रै समस्या भएको हो कि जस्तो लागेको हुन सक्छ,’ शिवाकोटीको भनाइ छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७३, मंगलबार ००:००  ८ : ३६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping