काठमाडौं । सरकारले महत्वकांक्षी लक्ष्यसहित खानी तथा खनिज पद्धार्थसम्बन्धी नीति तयार पारेको छ । खानी तथा भुगर्भ विभागको सहयोगमा उद्योग मन्त्रालयले तयार पारेको नीतिमा आगामी १० वर्षभित्र खानी उद्योगमा १ खर्ब रुपैयाँ लगानी र ५० हजार जनालाई रोजगारी सुनिश्चित गर्ने उल्लेख छ ।
नेपालमा खनिज पद्धार्थ उत्खननको प्रचुर संभावना भएपनि हालसम्म यसको सदुपयोग गर्न नसकिरहेको अवस्थामा उद्योग मन्त्रालयले यस्तो लक्ष्यसहित खानी नीतिको मस्यौदा तयार पारेको हो ।
‘खनिज कार्यमा आवश्यक पर्ने व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न स्वदेशी तथा स्थानीय उद्यमीहरुलाई तालिमको व्यवस्था गरिनेछ । प्रत्यक्ष रुपमा ५०० जना भन्दा बढी रोजगारी श्रृजना गर्ने वा कम्तिमा १० अर्व लगानी गर्ने खनिज उद्योगलाई पूर्वाधार निर्माणमा उच्च प्राथमिकता दिइनेछ ।’ नीतिको मस्यौदामा भनिएको छ ।
प्रत्यक्ष रुपमा ५०० जना भन्दा बढी रोजगारी श्रृजना गर्ने तथा वातावरणमैत्री प्रविधि प्रयोग गर्ने खानी तथा खनिजजन्य उद्योगहरूलाई सम्मान गरिने तर अति अविकसित क्षेत्र, अविकसित क्षेत्र तथा कम विकसित क्षेत्रको हकमा स्वरोजगारीको मापक संख्या तोकिएको संख्याको ५० प्रतिशत भए पुगेको मानिने मस्यौदामा उल्लेख छ ।
SHARE YOUR THOUGHTS