म्याङलुङको पाथीभरा देवीको मन्दिरमा खानेपानी सुविधा « Eglish Khabarhub

म्याङलुङको पाथीभरा देवीको मन्दिरमा खानेपानी सुविधा



तेह्रथुम। तेह्रथुम जिल्लाको म्याङ्लुङ नगरपालिका–१, बसपार्क नजिकैको डाँडामा पाथीभरा देवीको मन्दिरमा खानेपानीको सुविधा पुगेको छ ।

म्याङलुङ खानेपानी उपभोक्ता समितिले मन्दिरको दर्शन गर्न तथा घुमफिरका लागि आउने दर्शनार्थीलाई लक्षित गर्दै खानेपानी सुविधा पुर्याएको हो । मन्दिरको करिब ४५० मिटर तलबाट मोटरबाट पानी तानेर पाथीभरा डाँडामा हिल ट्याङ्कमा जम्मा गरेर २४ सैँ घन्टा खानेपानी उपलब्ध गराइएको अध्यक्ष शुभभगत प्रधानाङ्गले जानकारी दिए।

जिल्लाको सदरमुकाममा रहेकाले यो मन्दिर यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्ने गरेको छ । मन्दिर परिसरमा म्याङलुङ नगरपालिकाले बालबालिकाका लागि पार्कसमेत बनाएकाले सो क्षेत्रमा मुख्यतः शनिबार भीड लाग्ने गर्छ ।

अन्य दिनमा समेत मन्दिरमा दर्शनार्थी आउनेजाने क्रम चलिरहन्छ । मन्दिर परिसरमा पानीको सुविधा पुगेकाले अब यहाँ आउने दर्शनार्थीलाई सजिलो हुने अध्यक्ष प्रधानाङ्गले बताए । रासस

Publish on: