काठमाडौं । धितोपत्र बोर्डले अनलाईन प्रणालीबाट सेयर कारोवार गर्नको लागि छलफल सुरु गरेको छ ।
धितोपत्र दलाल व्यवसायीहरुले हाल प्रयोग गर्दे आइरहेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) बाट स्वीकृत ब्रोकर व्याक अफिस सफ्टवेयर मार्फत लगानीकर्ताहरुले सरल र सहज रुपमा इन्टरनेट मार्फत खरिद विक्री आदेश दिन सक्ने व्यवस्था गर्नको लागि धितोपत्र दलाल व्यवसायीहरुलाई यस बोर्डले हालै परिपत्र जारी गरेको छ ।
अनलाईन प्रणाली सम्बन्धमा धितोपत्र दलाल व्यवसायी तथा लगानीकर्ताहरुको लागि सफ्टवेयर निर्माता कम्पनीहरुले बोर्डको संयोजनमा हालै ब्रोकर व्याक अफिस सफ्टवेयरमा इन्टरनेट मार्फत खरिद विक्री आदेश दिन सक्ने व्यवस्था सम्बन्धमा अन्तरकृयात्मक प्रस्तुतिकरण कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दे बोर्डका कार्यकारी निर्देशक निरज गिरीले आगामी दिनमा अनलाईन मार्फत कारोवार हुने हुँदा यसलाई त्यसको पूर्वाभ्यासका रुपमा लिनको लागि यो व्यवस्था गरिएको प्रकाश पार्दै यस्तो सफ्टवेयर तयारी भैसकेकोले सो तत्काल प्रयोग गर्न सकिने समेत बताए ।
SHARE YOUR THOUGHTS