काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०७३ सम्पन्न भएको छ । मेलाको करिव २ लाखबाट अवलोकन गरेको मेलामा २० करोडको कारोवार भएको आयोजक उद्योग वाणिज्य महासंघले जनाएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा संचालन भएको मेला चैत ३ देखि शुरु भएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकार वाणिज्य मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा आयोजना भएको अन्तर्राष्ट्रिय व्यापार मेलाको सहआयोजकमा नेपाल हस्तकला महासंघ, नेपाल जडीवूटी उत्पादक संघ तथा हिमाली आयोजना रहेका थिए ।
अर्को वर्षको मेला आगामी मार्च २०१८ मा गर्ने निर्णय समेत गरिएको छ । आगामी मेलाका लागि करिव २ सय जति स्टलहरु वुक भैसकेका छन् ।
यस वर्षको मेलामा उच्च हिमाली भेगका कृषि उत्पादनहरु, जडीवूटीहरु तथा जव फेयर प्रमुख आकर्षणको रुपमा रहेका थिए । जव फेयर प्ल्याट फर्ममा करिव ५०० जनाले रोजगारीका लागि निवेदन दिएका थिए भने रोजगारदाताहरु ३३ जनाले सम्पर्क गरेका थिए ।
३ सय ४० स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिएको थियो । यस वर्ष मेलामा चीन, भारत, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड लगायत देशका कम्पनीहरुको सहभागिता रहेको थियो भने जापान, कोरिया, थाइल्याण्ड आदि देशहरुबाट खरिदकर्ताहरुले अवलोकन गरेका थिए । मेलामा चीनबाट ८५, भारत १०, पाकिस्तान २०, बंगलादेश ५०, थाइल्याण्ड मलेशियाबाट ५ वटा स्टलहरु रहेका राखिएका थिए ।
SHARE YOUR THOUGHTS