डडेल्धुरा। उग्रतारा सार्वजनिक यातायात समितिले डडेल्धुरा—काठमाडौँ वातावरण अनुकुलित आधुनिक सेवासहितको ‘एयर सस्पेन्सन’ एसी बस सञ्चालनमा ल्याएको छ ।
नयाँ प्रविधिसहित आरामदायी यात्राका लागि उग्रतारा यातायातले बिहीबारदेखि घटाल एयर सस्पेन्सन एसी बस सञ्चालनमा ल्याएको हो । बसभित्रै शौचालय तथा चमेनागृहको समेत व्यवस्था गरिएको छ ।
करिब आठ सय किलोमिटर दुरी रहेको डडेल्धुरा–काठ्माडौं रुटमा यस्तो सुविधासहितको बससेवा मुलुकमै पहिलो भएको उग्रतारा सार्वजनिक यातायात समितिका अध्यक्ष सन्तोष खड्काले बताए।
आज एक कार्यक्रमका साथ ‘घटाल एयर’ सस्पेन्सन एसि बसको नेपाल यातायात राट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर,उग्रतारा यातायात समितिका अध्यक्ष खड्कालगायतका अतिथिले परेवा उडाइ बस सेवाको उद्घाटन गरेका छन् । बसको भाडा दुई हजार रुपैयाँ तोकिएको छ ।
डडेल्धुराबाट काठमाडौं तथा काठमाडौँबाट डडेल्धुराका लागि दैनिक एक/एक वटा बस छुट्ने बताइएको छ । अहिले यस्ता किसिमका छवटा बस सञ्चालनमा ल्याइएको छ ।
SHARE YOUR THOUGHTS