गोरखा । ६६ लाख रुपैयाँको लगानीमा सिरानचोक गाउँपालिका–७ श्रीनाथकोट वडा कार्यालय भवन पुनःनिर्माण गरिएको छ ।
श्रीनाथकोट गाविस भवन पुनःनिर्माण गरिएको भए पनि श्रीनाथकोट गाविस सिरानचोक गाउँपालिकामा समायोजन भएपछि वडा कार्यालय बनाइएको हो । असल छिमेकी नेपाल, पोखराले चार कोठे पक्की भवन पुनःनिर्माण गरेपछि सेवा प्रवाहमा थप सहज भएको वडा सचिव रेखा पाइजाले जानकारी दिए।
स्थानीय विकास अधिकारी नारायण आचार्यले साविक गाविसले गर्दै आएका कामकाज अब थप सेवासहित वडा कार्यालयले गर्ने जानकारी दिँदै जग्गा पारित र नागरिकता बनाउन मात्रै सदरमुकामको सट्टा गाउँपालिकाको केन्द्र धाउनुपर्ने बताए।
गाउँपालिकाको नाम वा केन्द्रबारे चित्त नबुझेको भए निर्वाचनपछि सामान्य बहुमतले परिवर्तन गर्न सकिने कानुनी बाटो रहेको आचार्यको भनाइ छ ।
SHARE YOUR THOUGHTS