भरतपुर–काठमाडौँ हवाई यात्रुको सङ्ख्यामा वृद्धि « Eglish Khabarhub

भरतपुर–काठमाडौँ हवाई यात्रुको सङ्ख्यामा वृद्धि


१६ चैत्र २०७३, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

चितवन । पछिल्लो समय भरतपुरबाट काठमाडौँ हवाईमार्ग प्रयोग गरी आवतजावत गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

सन् २०१६ मा ७७ हजार ८०५ जनाले भरतपुर–काठमाडौँ हवाईमार्ग प्रयोग गरेका छन् । भरतपुर विमानस्थलका अनुसार सन् २०१४ यता हवाईमार्ग प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

सन् २०१४ मा चितवनबाट काठमाडौँ हवाईमार्ग प्रयोग गर्नेको सङ्ख्या २७ हजार ९४० जना तथा सन् २०१५ मा २८ हजार ५९१ जनाले हवाईमार्गको प्रयोग गरेका थिए । सन् २०१७ को जनवरी र फेब्रुअरीमा मात्रै १५ हजार ९३४ जनाले सो हवाईमार्गको प्रयोग गरेका छन् ।

सन् २०१४ मा भरतपुरदेखि काठमाडौँको हवाईमार्ग प्रयोग गर्ने विदेशी नागरिकको सङ्ख्या सात हजार १४४ तथा काठमाडौँदेखि भरतपुरसम्म पाँच हजार १८७ विदेशी नागरिकले हवाईमार्ग प्रयोग गरेका भरतपुर विमानस्थलले जनाएको छ । सन् २०१५ मा भरतपुरदेखि काठमाडौँसम्म हवाईमार्ग प्रयोग गर्ने विदेशी नागरिकको सङ्ख्या चार हजार १७९ र काठमाडौँ–भरतपुर हवाईमार्ग प्रयोग गर्ने विदेशी नागरिक दुई हजार ८८९ रहेका थिए ।

पछिल्लो समय चितवनमा जग्गाको कारोबारमा वृद्धि,नारायणगढ–मुग्लिन सडकखण्ड मर्मतमा भएको ढिलाइलगायत कारणले हवाईमार्ग प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको भरतपुर विमानस्थलका प्रमुख शिव शर्मा उपाध्यायको भनाइ छ ।

अहिले भरतपुर–काठमाडौँ–भरतपुरका लागि वुद्ध एयरको छवटा, यति एयरको तीनवटा र सिम्रिक एयरले एउटा उडान भर्दै आएको छ । तर पनि यात्रुले समयमा टिकट नपाउने समस्या भने अझै उस्तै छ । चितवन घुम्नका लागि आउने विदेशी पर्यटक बढी मात्रामा हवाईमार्गको प्रयोग गर्ने गर्दछन् ।

प्रकाशित मिति : १६ चैत्र २०७३, बुधबार ००:००  २ : ५२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping