राउटे व्यावसायिक रुपमा तरकारीखेतीतर्फ आकर्षित « Eglish Khabarhub

राउटे व्यावसायिक रुपमा तरकारीखेतीतर्फ आकर्षित


१६ चैत्र २०७३, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

डडेल्धुरा । परशुराम नगरपालिका आमपानीमा बस्दै आएका राउटे पछिल्लो समयमा व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि राउटे यसतर्फ आकर्षित भएका हुन् । जङ्गलमा पाइने तरुल गिठा, भ्याकुरजस्ता खानेकुरा छोडेर हाल उनीहरु तरकारीखेती गर्न थालेका छन् । उनीहरु व्यावसायिक रुपमै पोलिहाउसमा तरकारीखेती गर्न थालेका छन् ।

जोगबुढाको अमपानीमा व्यावसायिक रुपमा तरकारीखेती गर्दै आए पनि उत्पादित तरकारीले बजार तथा उचित मूल्य नपाएको  राउटेका मुखिया खड्कसिंह राउटेले बताए। आर्थिक तथा प्राविधिक सहयोग पाउन थालेपछि यहाँका राउटे गोलभेँडा, काक्रा, फर्सी, काउलीलगायत तरकारी उत्पादन गर्न थालेका छन् ।

तरकारीबाट आम्दानी हुन थालेपछि उनीहरु खुसी भएका छन् । तरकारीखेतीबाट मासिक १० हजार रुपैयाँसम्म आम्दानी हुन थालेको दानसिंह राउटेले बताए । उनले बन्दागोभी, काउली, आलु र अन्य बेमौसमी तरकारी लगाएका छन् ।

जिल्ला कृषि विकास कार्यालयय र विभिन्न गैरसरकारी सङ्घसंस्थाले प्राविधिक सहयोग उपलब्ध गराएपछि राउटे समुदाय आजभोलि तरकारी बिक्री गरेर घरखर्च चलाउन थालेको छ । उनीहरुले रकम समेत बचत गर्न थालेका छन् । आमपानीमा राउटेको ३५ घरपरिवारको बसोबास रहेको छ ।

 

प्रकाशित मिति : १६ चैत्र २०७३, बुधबार ००:००  २ : ५८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping