काभ्रेका किसानलाई मोबाइलसहितको सिमकार्ड बाँडियो « Eglish Khabarhub

काभ्रेका किसानलाई मोबाइलसहितको सिमकार्ड बाँडियो


१६ चैत्र २०७३, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

बनेपा। काभ्रेपलाञ्चोकमा किसानलाई किसान सिम कार्डसहित विभिन्न उपकरण आज वितरण गरिएको छ ।

धुलिखेलमा आयोजना भएको वितरण कार्यक्रममा जलवायु समुत्थान आयोजनामार्फत करिव २५ हजार रुपैयाँ बराबरको वर्षा मापन यन्त्र, थर्र्मामिटर जिल्ला पशु कार्यालयको सिफारिसमा १७ जना र जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा २६ जनालाई वितरण गरिएको हो ।

पाँचखाल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, बालुवापाटी, छत्रेबाझलगायत स्थानका कृषकलाई ती सामग्री कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले वितरण गरे । सो अवसरमा मन्त्री चौधरीले कृषकलाई सुविधा उपलब्ध गराउन कृषि सेवा केन्द्रलाई प्रभावकारी बनाउन जोड दिए।

उनले स्थानीय तहका आधारमा कृषि सेवालाई रुपान्तरण गरिने बताउनुभयो । पहुँचका आधारमा कृषकले विभेद खेप्न नहुने उल्लेख गर्दै मन्त्री चौधरीले एक गाउँ एक प्राविधिक किसानसँग हातेमालो गर्ने कार्यक्रम भएको बताए।

कृषि विकास मन्त्रालयका सचिव सुरोज पाखरेलले कृषि ऋणका लागि कार्यविधि नबनेकाले समस्या देखिएको औँल्याउँदै कृषि उपकरणबाट लाभ लिन कृषकलाई आग्रह गरे । सिमबाट किसानले जलवायु परिवर्तनको अवस्थाबारे जानकारी लिने छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७३, बुधबार ००:००  ४ : ३३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping