यूकेएड सक्षम र कञ्चन विकास बैंकको साझेदारीमा कृषकहरूको क्षमता विकास गरिने « Eglish Khabarhub

यूकेएड सक्षम र कञ्चन विकास बैंकको साझेदारीमा कृषकहरूको क्षमता विकास गरिने


१७ चैत्र २०७३, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

महेन्द्रनगर । कञ्चन विकास बैंक लिमिटेड र यूकेएड सक्षम ‘एक्सेस टु फाइनान्स’ कार्यक्रमबीच बीउ उत्पादक कृषकहरूलाई मूल्य श्रृंखलाको वित्तीयकरणमार्फत उनीहरूको आयस्तर वृद्धि गर्ने कार्यका लागि सम्झौतामा हस्ताक्षर भएको छ ।

सो साझेदारीको लागि सक्षमका टोली प्रमुख बलजित भोहरा, नेपाल राष्ट्र बैंक धनगढीका डेपुटी निर्देशक बिनोद लेखक, जिल्ला कृषि विकास कार्यालय धनगढीका प्रतिनिधि यज्ञ राज भट्ट र कञ्चन विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी निर्देशक बिरु राम जैशीको उपस्थिति रहेको थियो ।

सक्षमको सहायताले कञ्चन विकास बैंकलाई कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लामा अपि हिमालयसँग सम्बद्ध बीउ उत्पादक कृषकहरूलाई उनीहरूको आवश्यकता अनुरूपका वित्तीय उत्पादन तथा सेवाहरू प्रदान गर्न मद्दत पुग्नेछ । सो सहायताले अपी हिमालयलाई कृषकहरूको क्षमता विकासलगायतका विभिन्न थप सेवाहरू प्रदान गर्न मद्दत गर्नेछ जसले अन्ततः बीउको मूल्य श्रृंखलालाई सबल बनाउने काम गर्नेछ ।

परियोजनाको बारेमा जानकारी दिँदै कञ्चन विकास बैंकका प्रमुख कार्यकारी निर्देशक जैशीले बैंकले कैलाली, कञ्चनपुर र डडेल्धुराका १० हजारभन्दा बढी बीउ उत्पादक कृषकहरूलाई ऋण तथा अन्य वित्तीय सेवाहरू प्रदान गर्ने बताए । अपी हिमालयबाट कृषकहरूले प्राप्त गर्ने वित्तीय पहुँच र अन्य मूल्य अभिवृद्धिका सेवाहरूले उनीहरूले आयस्तर ४० प्रतिशत बढाउने अपेक्षा रहेको उनको भनाई छ ।

सक्षमका टोली प्रमुख भोहराले गुणस्तरीय बीउ तथा अन्य निवेशको अभाव नेपालका कृषकहरूले सामना गर्ने एउटा प्रमुख चुनौती रहेको बताउदै थोरै वित्तीय संस्थाहरूले मात्र कृषकहरूलाई वित्तीय सेवाहरू, विशेषगरि ऋणसेवा प्रदान गर्ने गरेका बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७३, बिहिबार ००:००  १ : ४७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping