मौसममा आएको खराबीले पोखरामा उडान प्रभावित « Eglish Khabarhub

मौसममा आएको खराबीले पोखरामा उडान प्रभावित


१७ चैत्र २०७३, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


पोखरा । खराब मौसमका कारण पोखरा विमानस्थलको उडान सेवा प्रभावित भएको छ ।

मौसममा आएको परिवर्तनसँगै भिजिविलिटी पर्याप्त नहुँदा पोखराबाट हुने सबै उडान प्रभावित भएको विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिए ।

खराब मौसमका कारण हिजोका केही उडान र आज बिहानका सबै उडान पनि प्रभावित भएको उनले बताए ।

हिजो पोखराबाट हुनुपर्ने बुद्ध एयरका छ वटा उडानमध्ये एक मात्र उडान भएको थियो भने यति एयरका आठ वटामध्ये तीन वटा उडान भएको थियो ।

त्यस्तै सिम्रिक एयरको हिजो हुनुपर्ने तीनमध्ये दुई वटा मात्र उडान भएको पौडेलले जानकारी दिए । आज पनि जोमसोमको लागि तय भएका सिम्रिक र तारा एयरका तीन/तीन उडान हुन सकेको छैन ।

आज बिहान ११ बजेसम्म पोखराबाट काठमाडौँका लागि हुनुपर्ने कुनै पनि उडान हुन नसक्नुका साथै दृष्यावलोकनका लागि उड्ने गरेको अल्ट्रालाइट सेवा र सराङकोटबाट हुने प्याराग्लाइडिङ समेत प्रभावित हुँदा पर्यटक समस्यामा परेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७३, बिहिबार ००:००  २ : ०४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping