यसरी सार्वजनिक भयो हुण्डाईको नयाँ गाडी (फोटोफिचर) « Eglish Khabarhub

यसरी सार्वजनिक भयो हुण्डाईको नयाँ गाडी (फोटोफिचर)


१७ चैत्र २०७३, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । हुण्डाई मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले बजारमा नयाँ गाडी सार्वजनिक गरेको छ । कम्पनीले यसअघि बजारमा निकै रुचाईएको गाडी हुन्डाई आई टेनको नयाँ संस्करण ‘२०१७ ग्राण्ड आइ१०’ सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ गाडीमा एक्टेरियरमा परिवर्तन गरिएको छ भने हाईटेक फिचरहरु थप गरिएको छ ।
यो गाडी सुविधाजनक, आरामदायी र उच्च प्रविधिको समिश्रणयुक्त भएको, क्यासकेड डिजाइन फ्रन्ट ग्रिले तथा एरोडाइनामिक प्रोफाइलसहितको रहेको छ ।

यसको अगाडिको भागमा रेडिएटर ग्रिल डिजाइन, पुन डिजाइन गरिएको नयाँ बम्पर ताथ नयाँ एलईडी डे टाइम रनिंग लाइट्सले यसको अग्रभागलाई थप आकर्षक बनाएको छ । त्यस्तै यसको पछाडिको भागमा रहेको ड्यूल टोन बम्परले बोल्ड र स्पोर्टी देखिने कम्पनीको भनाई छ ।

यो गाडीमा यात्रुहरुको लागि अगाडि र पछाडि सिटको लागि अलग्गै एयरकुलर राखिएको छ भने गाडीमा एप्पल तथा एन्ड्रोयडका स्मार्टफोन प्रयोग गर्नका लागि एप्पल प्ले तथा एन्ड्रोयड प्ले राखिएको छ ।

कम्पनीका महाप्रबन्धक रुपेश शर्माले बजारमा रहेका पोला, स्विफ्टलगायतका गाडीको सेगमेन्टमा सिधै प्रतिस्पर्धा हुने बताए । उनले ग्राण्ड आई १० ले बजारमा आफ्नो छुट्टै स्थान कायम गरेको हुँदा नयाँ २०१७ ग्राण्ड आइ १० ले पनि बजारमा उपस्थिती जनाउने अपेक्षा राखे ।

कम्पनीले २०१७ ग्राण्ड आइ १० अरेन्ज, स्टारभिस्ट, सिल्भरलगायतका ६ वटा कलर अप्सनमा आउने जानकारी दिएको छ ।
तीनवटा मोडलमा आउने २०१७ ग्राण्ड आइ १० म्याग्नाको शुरुवाती मूल्य २६ लाख ९६ हजार छ भने स्पोर्ट्जको शुरुवाती मूल्य २८ लाख ९६ हजार रुपैयाँ छ । त्यस्तै सबैभन्दा माथिल्लो मोडल आस्ताको शुरुवाती मुल्य ३२ लाख ५६ हजार रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७३, बिहिबार ००:००  ३ : ३८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping