उद्योगमन्त्रीसँग अष्ट्रेलियन राजदूतले भने नेपालमा लगानीको वातावरण बन्दै गयो « Eglish Khabarhub

उद्योगमन्त्रीसँग अष्ट्रेलियन राजदूतले भने नेपालमा लगानीको वातावरण बन्दै गयो


१७ चैत्र २०७३, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


काठमाडौं । नेपालका लागी अष्ट्रेलियाका राजदूत गेलेन ह्वाइटले उद्योग मन्त्रालयले सुरु गरेको नीतिगर सुधारका कारण नेपालमा वैदेशिक लगानीका लागी वातावरण वन्दै गएको बताएका छन् ।
उद्योग मन्त्री नवीन्द्रराज जोशी सँग अज उद्योग मन्त्रालयमा भेट गर्दै अष्ट्रेलियन राजदूत ह्वाइटले ले नेपालको विकास प्रयासमा अष्ट्रेलिययन सहयोग नीरन्तर रहने प्रतिवद्धता जाहेर गरे ।

नेपालको दार्चुला जिल्लामा उत्पादित अर्ज्ञानिक महको वश्व बजारमा राम्रो बजार रहेको भन्दै त्यसको प्रशोधनको लागी काम गर्न नेपाल सरकारलाई सुझाव दिनुभयो ।

भेटमा उद्योग मन्त्री नवीन्द्रराज जोशीले लघु उद्यम विकास कार्यक्रममा रहेको अष्ट्रेलियन सहयोगको लागी धन्यवाद गरे ।

उद्यमशिलता विकास गर्ने सो कार्यक्रमले ग्रामिण क्षेत्रमा ठण् हजार भन्दा बढी उद्यमी तयार पारिसकेको छ ।

सो कार्यक्रममा अष्ट्रेलियन सरकार र युएनडिपीको को सहयोग रहँदै अएको छ ।

भेटमा मन्त्री जोशीले लगानी मैत्री वातावरण निर्माणका लागि आवश्यक कतिपय ऐन नियम ल्याईसकेको र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्वन्धि नयाँ ऐन अन्तिम चरणमा रहेको बताए ।

अन्तराष्ट्रिय लगानी सम्मेलनमा व्यक्त आशयपत्रहरुलाई लगानीमा परिणत गर्न सरकारले विभिन्न समिति बनाएर फलोअप गरिरहेको भन्दै मन्त्री जोशीले नीतिगत सुधारका साथै उद्योग मन्त्रालय र मन्त्रालय अन्तरगतका विभागहरुबाट प्रदान गरिने प्रशासनिक सेवालाई चुस्त दुरुस्त र पारदर्शी बनाईएको बताए ।

नेपाली उत्पादनको अष्ट्रेलियामा बजार विस्तारका लागी सघाउन समेत मन्त्री जोशीले अष्ट्रेलियन राजदूत ह्वाइटलाई लाई अग्रह गर्नुभयो ।

प्रकाशित मिति : १७ चैत्र २०७३, बिहिबार ००:००  ४ : १० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping