कुलमान घिसिङलाई हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड « Eglish Khabarhub

कुलमान घिसिङलाई हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड



काठमाडौं । हाइड्रो नेपालले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङलाई मुलुकमा लोडसेडिङमुक्त बनाउन उच्चतम प्राविधिक ज्ञान तथा उत्तम व्यवस्थापकीय क्षमता प्रदर्शन गरेकोमा २०७३ को लागि हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड प्रदान गर्ने घोषणा गरेको छ ।

त्यसैगरी २०७३ को हाइड्रो नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्ड डा. हरिमान श्रेष्ठलाई जलविद्युत् क्षेत्रमा लामो समयदेखि उनको निरन्तर क्रियाशीलता तथा योगदानको कदर गर्दै प्रदान गर्ने निर्णय गरेको छ । डा. श्रेष्ठले सन् १९६६ मा मस्को पावर इन्टिच्यूट (तत्कालीन सोभियत संघ) बाट आफ्नो जलस्रोतसम्बन्धी रिसर्चको सिलसिलामा नेपालको जलविद्युत् क्षमता ८३,००० मेगावाट रहेको पत्ता लगाएका थिए ।

हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड जलविद्युत्, ऊर्जा तथा वातावरण सम्बन्धमा उच्चतम योगदान दिने व्यक्ति तथा संस्थालाई प्रदान गरिँदै आएको छ । हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड २०७३ तथा हाइड्रो नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्ड २०७३ का छनोटका लागि काठमाडौं विश्वविद्यालयका भिजिटिङ फ्याकल्टी सूर्यमान शाक्यको अध्यक्षतामा ६ सदस्यिय अवार्ड मूल्यांकन समिति बनाएर अवार्ड घोषणा गरिएको संस्थाले जनाएको छ ।

हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड तथा हाइड्रो नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्डमा प्रशंसापत्र, ट्रफीको छिट्टै एक विशेष कार्यक्रम गरी प्रदान गरिने संस्थाले जनाएको छ ।

Publish on: