काठमाडौं । हिमालयन बैंकले लिलाममा राखेको सेयरमा न्यूनतम ९ सय ३१ रुपैयाँ बोली लगाउने लगानीकर्ताले सेयर पाएका छन् ।
बैंकले चैत १० देखि १६ सम्म हकप्रद जारी गर्दा बिक्री नभएको सेयरलाई लिलामीमा राखेको थियो ।
सेयर बिक्री प्रवन्धक लक्ष्मी क्यापिटलका अनुसार बैंकको सेयर लिलामीमा लगानीकर्ताले ११ सय ७५ रुपैयाँसम्म बोली लगाएका थिए भने ११ सय ५८ जनाको आवेदन परेको थियो ।
हिमालयन बैंकको सेयर प्रतिकित्ता बिहीवार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया