लक्ष्मी बैंक स्थापनाको १५ वर्ष पूरा « Eglish Khabarhub

लक्ष्मी बैंक स्थापनाको १५ वर्ष पूरा




काठमाडौं । लक्ष्मी बैंकले संचालनमा आएको १५ वर्ष पुरा गरेको छ । सन् २००२ मा विरगञ्जबाट क्षेत्रिय बैंकको रुपमा स्थापित भई सन् २००५ मा राष्ट्रिय स्तरको बैंकको रुपमा स्तरोन्नति भएको लक्ष्मी बैंकले हाल ३६ जिल्लाका ६८ शाखा तथा ८० भन्दा बढी एटिएम सेवा सहित अत्याधुनिक बैकिङ सेवा दिदै आएको छ ।

विगत १५ वर्षमा लक्ष्मी बैंक खुद्रा, मिड मार्केट, कर्पोरेट र ट्रेजरी जस्ता व्यापारहरुमा आफ्नो पहुँच स्थापित गरेको छ ।

सन् २००४ मा लक्ष्मी बैंकले देशकै पहिलो कर्पोरेट मर्जरका रुपमा हाइसेफ फाइनान्सलाई गाभेको थियो । बैंकले जनवरी २०१७ मा प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति गरेको छ । बैंकको सहायक कम्पनीहरु, लक्ष्मी लघुवित्त वित्तिय संस्था (घ वर्गको इजाजतपत्रप्राप्त लघुवित्त संस्था) तथा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड आफ्नो क्षेत्रमा सबल उपस्थिति जनाउन सफल भएका छन् ।

लक्ष्मी बैंक समूहको पौष २०७३ सम्ममा कूल सम्पत्ति ६४ अर्ब तथा नाफा ४५ करोड रहेको छ । बैंकले हाल कायम रहेको ३ अर्ब १५ करोड चुक्ता पुँजीमा सतप्रतिशत हकप्रद तथा त्यसपछि १८.२९ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

Publish on: