पुनर्निर्माणमा नेपाली मौलिकता जोगाउनु चुनौतीः सिइओ पोखरेल « Eglish Khabarhub

पुनर्निर्माणमा नेपाली मौलिकता जोगाउनु चुनौतीः सिइओ पोखरेल


१८ चैत्र २०७३, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं। भूकम्पपछिको पुनर्निर्माणमा नेपालको ऐतिहासिक र मौलिक पहिचान जोगाउन चुनौती देखिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्द पोखरेलले बताएका छन् ।

भिएसओ नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको एटलस तथा डकुमेन्ट्री सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै पोखरेलले भूकम्प अघिको नेपाली पहिचान र शैलीलाई पुनर्निर्माणले पच्छ्याउन नसके त्यो मुलुकका लागि अर्को विपद् हुने जिकीर गरे ।

‘भौतिक निर्माणले मात्र पुनर्निर्माण हुँदैन, सँगसँगै आर्थिक र सामाजिक पुनर्निर्माण पनि जरुरी छ,’ उनले भने– ‘पुनर्निर्माणमा महिला लगायत पछाडि परेका समुदायको सक्रिय सहभागीता महत्वपूर्ण छ । उनीहरूको क्षमता विकास र देशको विकास सँगसँगै हुन्छ ।’

पुरानो संस्कृतिलाई मासिन नदिने प्राधिकरणले हालैमात्र २०र२१ जना इन्जिनियरलाई नेवार, तामाङ लगायतका बस्तीहरुमा खटाएको उनले जानकारी दिए ।

‘पुरानो कला संस्कृति जोगाउँदै पुनर्निर्माण अघि बढाउन प्राधिकरणले झन्डै दुई दर्जन इन्जिनियरलाई नेवार, तामाङलगायतका बस्तीहरुमा पठाइसकेको छ,’ पोखरेलले भने,– ‘भौतिक पुनर्निर्माण भन्दा ठूलो आर्थिक, सामाजिक तथा सांस्कृतिक पुनर्निर्माण हो ।’

कार्यक्रममा भिएओ नेपालले राष्ट्रिय विपद् पुनर्लाभ संयोजन सचिवालय अन्तर्गत प्रकाशित गरेको ‘तस्वीरमा गोरखा भुकम्प २०७२’ एटलस र ‘टुगेदर वी स्टान्ड’ डकुमेन्ट्री सार्वजनिक गरियो ।
एटलसमा नेपालमा भुकम्प जाने वैज्ञानिक कारण र पृष्ठभूमि देखि गोर्खा भूकम्पले पारेका असरहरू र त्यसबाट जोगिन भएका प्रयासहरूका तस्विर, चित्र तथा आलेख समेटिएको छ ।

भिएसओ र सेन्टर फर डिजास्टर्ड एन्ड क्लाइमेट चेन्ज स्टडिजको सहकार्यमा तयार पारिएको एटलस बिक्रीबाट उठेको रकम भूकम्प प्रभावित क्षेत्रका बालबालिकाको शिक्षामा खर्च गरिने भएको छ । एटलस नेपाली र अङ्ग्रेजी दुबै भाषामा प्रकाशित छ ।

कार्यक्रममा सार्वजनिक गरिएको डकुमेन्ट्री ‘टुगेदर वी स्टान्ड’ले भूकम्पपछि आ९आफ्नो हिसाबले काम गरिराखेका सरकारी र गैरसरकारी संस्थाहरूबीच कसरी समन्वय भयो र राहत तथा पुनर्निर्माणमा एकरूपता ल्याउन के गरियो भन्ने विषय समेटिएको छ । डकुमेन्ट्रीको निर्माण मिडिया चौतारीले गरेको हो ।

प्राधिकरणका सहप्रवक्ता भिष्मकुमार भुषालले अब अरूको आसमा बसेर मात्र पुनर्निर्माणले गति लिन नसक्ने भन्दै स्वयंसेवी अभियानलाई अघि बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा गृह मन्त्रालयका उपसचिव शंकरहरी आचार्यले विपदलाई सामना गर्न पुराना अनुभवको तथ्य र तथ्याङ्क महत्वपूर्ण हुने भन्दै एटलस र डकुमेन्ट्री निर्माणको प्रसंसा गरे ।

विपद् भोगेका अरू मुलुकबाट के सिक्न सकिन्छ, समस्या र चुनौतीको सामना कसरी गर्ने भन्नेमा केन्द्रित रहि परियोजनाले सरकारी र गैरसरकारी संघसंस्थासँग काम गरेको सचिवालय संयोजक रोहित यादवले जानकारी दिए ।

भिएसओका कार्यक्रम प्रमुख गीता प्रधानले सचिवालय स्थापनाको सान्दर्भिकताबारे प्रकाश पार्दै भूकम्प प्रभावित १४ जिल्लामा यसले उल्लेखनीय नतिजा दिन सफल भएको जानकारी दिए ।

प्रकाशित मिति : १८ चैत्र २०७३, शुक्रबार ००:००  ४ : ०९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping