चीनको गोन्जाउका लागि महावाणिज्यदुत तथा नेपाल चीन उद्योग वाणिज्य संघबिच छलफल « Eglish Khabarhub

चीनको गोन्जाउका लागि महावाणिज्यदुत तथा नेपाल चीन उद्योग वाणिज्य संघबिच छलफल



काठमाडौं । चीनको गोन्जाउका लागि नेपालका नवनियुक्त महावाणिज्यदुत रवी भट्टराई तथा नेपाल चीन उद्योग वाणिज्य संघका पदाधिकारीहरु वीच संघको कार्यालयमा दुई देश वीचको आर्थिक तथा व्यापार प्रवद्धनका विषयमा छलफल कार्यक्रमको आयोजना गरेको छ ।

छलफलका क्रममा संघका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल तथा चीन वीच व्यापार, पर्यटन तथा लगानी बढाउन विभिन्न क्रियाकलापको आयोजना गरिनु पर्ने कुरा बताए । साथै दुई देश वीच हुने व्यापार वृद्धिका लागि विद्यमान समास्याहरुको समाधानका लागि समेत अनुरोध गरे ।

अध्यक्ष श्रेष्ठले दुई देश वीच जोडिने सडक सञ्जाल तथा भौतिक संरचनाको विकास गरिनु पर्ने, चीनीया वैंकको स्थापना गरी बैंकिङ कारोवारमा बृद्धि गरिनु पर्ने तथा व्यापारिक मेलाहरुमा सहभागिता बढाई नेपालको निर्यात व्यापार बढाउनु पर्ने कुरा बताए ।

नवनियुक्त महावाणिज्यदुत भट्टराईले व्यापार घाटा कम गर्ने गरी देशको निर्यात बृद्धि, लगानी एवं पर्यटन प्रवद्र्धनको साथै नेपाली व्यापारीहरुले भोग्दै आएका विभिन्न समस्या समाधानका लागि पर्याप्त ध्यान दिने आश्वासन दिए ।

सो कार्यक्रममा संघका उपाध्यक्ष पञ्चरत्न शाक्य, महासचिव राष्ट्रभुषण चाकुबजी, सदस्यहरुले नेपाल र चीन वीचको व्यापार बढाउन आ–आफ्नो धारणा व्यक्त गरे ।

Publish on: