काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा एशोसियट तर्फ २२ जना १९ पदका लागि भिड्ने भएका छन् ।
सहमतीको प्रयास विफल भएपछि एशोसियटमा निर्वाचन हुन लागेको हो । एशोसियट तर्फ यसअघि ३१ जनाले उम्मेद्वारी दर्ता गरेका थिए । गोल्छा समुहले ९ जनाले सहमतीको लागि उम्मेद्वारी फिर्ता गरेका छन् ।
यसअघि २६ जनाले उम्मेद्वारी दर्ता वा फिर्ता गर्नको लागि सहमती गरेको हस्ताक्षर सहितको पत्र नेतृत्वलाई दिएका थिए । जसमा गोल्छा समुहले १९ जना छानेको हो ।
२२ जनामा गोल्छा समुहको लिस्टमा अखिल चापाचाई,भेषराज अर्याल र बासुदेव प्रसाद गौतम परेका छैनन् । बाँकी १९ जना गोल्छा समुहबाट प्यानलमा परेका छन् ।
गोल्छा समुहबाट एशोसियट तर्फ उम्मेद्वार
अशोक कुमार टेमानी
अशोक कुमार तोदी
आनन्द कुमार अग्रवाल बगरिया
ओमबहादुर राजभण्डारी
कृष्णप्रसाद दुलाल
गोपाल खनाल
ज्वोत्ना श्रेष्ठ
प्रवलजंग पाण्डे
भरतराज आचार्य
मनिषकुमार अग्रवाल
मंगलेश श्रेष्ठ
राजेशकुमार अग्रवाल
राम शरण थपलिया
रंजितराज आचार्य
विजयसिंह वैद्य
साहिल अग्रवाल
सुनिल नारायण श्रेष्ठ
सौरभ ज्वोति
ज्ञानेन्द्रलाल प्रधान
SHARE YOUR THOUGHTS