काठमाडौं । खानी तथा भूगर्भ विभागले नेपालका विभिन्न क्षेत्रमा रहेका खनिजजन्य पर्दाथ उत्खन तथा खोज तलासमा निजी क्षेत्रलाई सहभागी गर्ने प्रक्रिया थालनी गरेको छ ।
विभागले त्यसका लागि १५ वटा खानी छुट्टयाएको छ । जसमा १२ वटा खोज तलास र ३ वटा उत्खनन्को लागि छुट्टयाइएको विभागका सुचना अधिकारी कृष्णदेव झाले जानकारी दिए ।
‘विभागले चैत १ देखि खानी खोज तलास तथा उत्खनन्का लागि इच्छुक स्वदेशी तथा विदेशी कम्पनीलाई डाटा प्याकेज (खानी उत्खनन्का लागि आवश्यक प्रक्रिया ढाँचा) विक्री गरिरहेको छ, २७ गतेसम्म ५० भन्दा धेरै डाटा प्याकेज विक्री भइसकेको छ,’ झाले क्लिकमाण्डूसँग भने ।
डाटा प्याकेज किन्ने सबैले खानी उत्खनन् तथा खोजतलास गर्न सहभागी हुन्छन् भन्ने ग्यारेन्टी भने छैन । यसमा सहभागी हुन चाहने तथा जानकारी लिन चाहने पनि प्याकेज किनेर लगेका हुन सक्ने झाले जानकारी दिए ।
‘डाटा प्याक किन्ने सबैले खानी खोज तलास तथा उत्खनन्का लागि आवेदन दिन्छन् भन्ने छैन, तपाईले पनि लिन सक्नु हुन्छ,’ झा भन्छन् ।
विभागले खोज तलास डाटा प्याकेट १५ हजार रुपैयाँ र उत्खनन डाटा प्याकेट २५ हजार रुपैयाँमा विक्री गरिरहेको छ । डाटा प्याक किनेको ७ दिन पछि मात्र कम्पनीले आवेदन दिनु पर्ने विभागले जानकारी दिएको छ ।
चैत १ गतेबाट खुल्ला गरिएको डाटा प्याकेजको खोज तलासका लागि ३५ दिन र उत्खननका लागि ५० दिनभित्रमा प्रस्ताव बुझाउन सकिने ब्यवस्था विभागले गरेको छ ।
खोज तलासका लागि विभागले डाटा प्याक निस्कासन गरेको खानीको विवरण
जिल्ला खनिज क्षेत्रफल न्यनतम मुल्य रु
धादिङ/मकवानपुर लिड, जिन २२.३११ स्क्वायर.कि.मी ३२ लाख
धादिङ/मकवानपुर लाइमस्टोन २४.२४४ ७ लाख
धादिङ/मकवानपुर लाइमस्टोन २०.९३५ ७ लाख
मकवानुर कप्पर ८ २६ लाख ६२ हजार
तनहुँ आइरन २६.१९ ३ लाख ५० हजार
धादिङ कप्पर १२ २० लाख
मकवानपुर कप्पर १२ ६ लाख ५० हजार
उदयपुर कप्पर २४ ७ लाख
बैतडी लइमस्टोन १५ १६ लाख
उदयपुर लाइमस्टोन ०.९३७५ ५ लाख ६० हजार
पाल्पा लाइमस्टोन १५ १० लाख
पाल्पा लाइमस्टोन १५ ७ लाख
उत्खननका लागि विभागले डाटा प्याक निस्कासन गरेको खानीको विवरण
जिल्ला खनिज क्षेत्रफल न्यनतम मुल्य रुपैयाँ
काभ्रे लाइमस्टोन १.३७५ ७ लाख
स्याङजा लाइमस्टोन १०.०२८८ ३० लाख ६२ हजार
सुर्खेत लाइमस्टोन १.९६६ २६ लाख ६२ हजार
SHARE YOUR THOUGHTS