
काठमाडौं । विदेशी लगानीकर्ता इमिरेट इन्भेष्टमेन्ट (इआइ) गुप्र र नेपाली लगानीकर्ता प्रभु ग्रुपको २० प्रतिशत सेयर स्वामित्वमा रहेको सिम टिभीले २ वर्षको अवधिमा एक लाख ५० हजार ग्राहक बनाएको छ।
११ जिल्लामा पुगेको सिम टिभीले हाल २० एचडी सहित १२० एसडी च्यानलहरु प्रसारण गर्दै आएको जनाएको छ।
२०१५ फेब्रुअरीबाट प्रसारणमा आएको सिम टिभी जोडदा ग्राहकहरुलाई निशुल्क सेटटप बक्स दिँदै आएको कम्पनीका जनरल म्यानेजर दक्ष पौडेलले बताए। पौडेलले सिम टिभीले छिटै नै आफ्नै साँगितिक र समाचारमुलक च्यानलहरु प्रसारणमा ल्याउने बताए।
SHARE YOUR THOUGHTS