बचत खातामा एनआइसी एशिया बैंकले दियो सबैभन्दा बढी व्याज

बचत खातामा एनआइसी एशिया बैंकले दियो सबैभन्दा बढी व्याज

पुष्प दुलाल

काठमाडौं। एनआइसी एशिया बैंकले बचत खातामा वाणिज्य बैंकहरुमध्ये सबैचन्दा बढी व्याज दिएको छ । बैंकले बचत खातामा ८ प्रतिशत ब्याज दर दिएको छ ।

बैंकले समुन्नती नामक नयाँ बचत खाता सार्वजानिक गर्दै सो खातामा ८ प्रतिशत व्याज दिने अफर गरेको हो । यो खाता शुन्य मौज्दातमा खोल्न सकिन्छ ।

राष्ट्र बैंकले कल डिपोजिटको ब्याज बचत खाताको तल्लो सीमा बराबर मात्रै दिन पाइने व्यवस्था गरेपछि बैंकहरुले बचत खाताको ब्याजदर बढाउएका हुन् ।

समुन्नती बचत खाता खोल्नेलाई बैंकले निशुल्क डेबिट कार्ड र एसएमएस तथा इन्टरनेट बैंकिङ सेवा उपलब्ध गराउने बैंकले जनाएको छ ।