१ पुस २०८२, मंगलबार

४७ प्रतिशतले बढ्यो सिद्धार्थ डेभलपमेन्ट बैंकको नाफा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनता बैंकसँग प्राप्तीमा जान लागेको सिद्धार्थ डेभलप्मेन्ट बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म गत बर्षको भन्दा ४६.८९ प्रतिशतले खुद नाफा बढाएको छ ।

बैंकले अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै गत बर्षको तेस्रो त्रैमासको १९ करोड ६२ लाख रुपैंयाँ खुद नाफाको तुलनामा यस बर्ष सोही समयसम्म २८ करोड ८३ लाख रुपैंयाँ खुद नाफा कमाएको जनाएको छ ।

बैंकको संचालन नाफा पनि गत बर्षको ३१ करोड ८९ लाख रुपैंयाँको तुलनामा ४४ करोड २५ लाख रुपैंयाँ पुगेको छ । बैंकले ब्याज आम्दानीमा पनि उल्लेख्य बृद्धि गरेको छ । गत बर्षको ३० करोड ६७ लाख रुपैंयाँको तुलनामा यो बर्ष ५८ करोड ४५ लाख रुपैंयाँ पुगेको छ ।

बैंकको खराब कर्जा पनि २.४५ प्रतिशत बाट घटेर २.४२ प्रतिशतमा आइपुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २७.०९ रुपैंयाँ रहेको छ ।