२९ मंसिर २०८२, आइतबार

बैंक अफ काठमाण्डुको संस्थापक शेयर सार्वजनिक निष्काशकमा नबिल इन्भेष्टमेन्ट


काठमाडौं । बैंक अफ काठमाण्डुले ६२,०८,१३२ कित्तासम्म संस्थापक शेयरको थप सार्वजनीक निष्काशन गर्न लागेको छ । सो थप शेयर निष्काशन गर्ने सम्बन्धमा सो बैंक र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंङबीच सम्झौता सम्पन्न भएको छ ।

सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरे । बैंकको संस्थापक तथा सर्वसाधारण शेयरधनीको पुँजी संरचना ५१ः४९ प्रतिशत कायम गर्नको लागि संस्थापक तर्फ थप सार्वजनिक निष्काशन गर्न लागेको हो ।

आ.व.२०७२/७३ मा बैंक अफ काठमाण्डू लिमिटेड र लुम्बिनी बैंक लिमिटेड एक आपसमा गाभिए पश्चात २०७३ चैत्रमा सम्पन्न यस बैंकको साधारण सभाले संस्थापक शेयरधनीको शेयर स्वमित्व हाल कायम ४५.६४ प्रतिशतबाट कम्तीमा ५१ प्रतिशत पुयाउन ६२,०८,१३२ कित्तासम्म थप संस्थापक शेयरको थप सार्वजनीक निष्काशन गर्ने निर्णय गरेको थियो ।