आम यात्रुहरूलाई सहज रूपमा घरबाटै टिकट काट्न सहज होस् भन्ने उदेश्यले यस पश्चिम नेपाल बस व्यवसायी संघले अनलाईन टिकटिङको सुरू गरेको छ ।
पछिल्लो समय नेपालका हरेक क्षेत्रमा प्रविधिको प्रयोग तिब्र रूपमा बढिरहेको बेला यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुवर्गलाई सहज र स्तरिय सेवा दिनको लागि अनलाईन टिकटिङको सुरूवात गरिएको छ ।
यो सँगै अबदेखि पश्चिम नेपाल बस व्यवसायी संघबाट सञ्चालित सम्पूर्ण गाडिहरूको टिकट मोबाईल एप्लीकेशन तथा अनलाईनबाट काट्न सक्नेछन् । हाल पश्चिम नेपालका एसी, र डिलक्स् गाडिमा अनलाईन टिकट काट्न सकिनेछ । यो सँगै यात्रुहरूले इसेवामार्फत् अथवा नजिकको इसेवा जोन, पोइन्ट लगायत साइबर, कम्युनिकेशनबाट टिकट काट्न सक्नेछन् ।
यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी संघको मोबाईल एप्लीकेशन “PNBBS”, www.westnepalbus.com, www.esewa.com.np, www.bussewa.com लगअन गरेर टिकट काट्न सकिनेछ ।
यसका साथै पश्चिम नेपाल बस व्यवसायी संघलाई पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएको छ । राजधानी काठमाडौमा रहेको दियालो टेक्नोलोजिज प्रालि सँगको सहकार्यमा कार्यलय सञ्चालन, लेखा, चलानी, अभिलेखन तथा बीमा लगायतका सबै कार्यहरूलाई अटोमेशनमा लगिएको छ । यातायात क्षेत्रमा आधुनिक प्रणाली प्रयोग गरेर छिटो, छरितो र पारदर्शी सेवा दिनका लागि पश्चिम नेपाल बस व्यवसायी संघ अटोमेशनमा जाने नेपालकै पहिलो समिति बन्न सकेको दाबी गरेको छ ।
SHARE YOUR THOUGHTS