काठमाडौं । प्रधानन्यायधीश शुसीला कार्कीको महाभियोग नलगाउन अन्तरिम आदेश दिदै सर्बोच्चका न्यायधीश चोलेन्द्र शमशेर राणाले सतिको श्रापबाट उन्मुत्ति पाउन न्यायलयको स्वतन्त्रता बचाउनुपर्ने बताएका छन् ।
महाभियोगको विषयमा अन्तरिम आदेश दिदै सर्बोच्च अदालतका न्यायाधीश चोलेन्द्रसमशेर जङ्गबहादुर राणाले भाबुक हुँदै अबरुद्ध गलामा इजलासबाट भनेः ‘यो देशमा सतिको श्रापबाट उन्मुक्ति पाउन न्यायालयको स्वतन्त्रता बचाउनैपर्छ।’
राणाको एकल इजलाशले व्यवस्थापिका संसद्मा शुसीला कार्की विरुद्ध लागेको महाभियोग प्रस्ताव गैर कानूनी भएको र कार्कीलाई आजदेखि काममा र्फकन आदेश दिएको थियो ।
SHARE YOUR THOUGHTS