स्थानीय तह निर्वाचन हुने स्थानमा भोलिदेखि शिक्षण संस्था बन्द हुने « Eglish Khabarhub

स्थानीय तह निर्वाचन हुने स्थानमा भोलिदेखि शिक्षण संस्था बन्द हुने



काठमाडौं । बैशाख ३१ गते हुने स्थानीय निकायको पहिलो चरणको निर्वाचनका लागि ३४ जिल्लाका शिक्षण संस्थाहरु ७ दिनसम्म विदा गरिने भएको छ ।

मन्त्रिपरिषदले बैशाख २५ गतेदेखि ३१ गतेसम्म सम्पूर्ण शिक्षण संस्थाहरु विदा गर्ने निर्णय गरेको हो । साथै निर्वाचन हुने दिन अर्थात बैशाख ३१ गते सरकारी कार्यालय, अर्थसरकारी कार्यालय र सार्वजनिक संस्थानमा पनि विदा दिने निर्णय मन्त्रिपरिषद्बाट भएको छ ।

गृह मन्त्रालयलका अनुसार स्थानीय निर्वाचन हुने प्रदेश नम्बर ३, ४ र ६ का सम्पूर्ण शिक्षण संस्थाहरु सोमबारदेखि आइतबारसम्म र निर्वाचनका दिन सम्पूर्ण सरकारी कार्यालय, अर्थसरकारी कार्यालय र सार्वजनिक संस्थानमा विदा दिइने छ ।

दुई चरणमा हुने स्थानीय निकायको चुनावका लागि पहिलो चरणमा ३४ जिल्ला दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मबवानपु, भक्तपुर, काठमाडौं, ललितपुर, गोरखा, लमजुङ, तँनहु, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङजा, म्याग्दी, बाग्लुङ, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, दैलेख, सुर्खेत, रुकुम र नवलपरासीमा विदा हुने छ ।

Publish on: