गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच संझौता « Eglish Khabarhub

गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच संझौता



काठमाडौँ। गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच भुकम्प प्रभावित १४ जिल्लामा जीविकोपार्जन, जीवनस्तर सुधार तथा उद्यम विकासजस्ता गतिविधिमा सहयोगको लागि सम्झौता भएको छ ।

सम्झौता अनुसार कोष र प्राधिकरणबीच भूकम्प प्रभाबित १४ जिल्लामा  जीविकोपार्जन, उत्थान र लघुउद्यम विकास कार्यक्रमको नमुना र कार्यान्वयनमा सहकार्य हुनेछ ।

प्राधिकरणले कोष तथा कोषका लक्षित समुदायहरुलाई जीविकोपार्जन र लघु उद्यम विकासका कार्यक्रम कार्यान्वयन गर्न क्षमता अभिबृद्धिका लागि आर्थिक तथा प्राविधिक सहायता र तालिममा सहजीकरण गर्नेछ । साथै प्राधिकरणले कोषलाई ती कार्यक्रम संचलनका लागी  आवश्यक आर्थिक सहायता  जुटाउने भएको छ  ।

सम्झौता अनुसार १४ जिल्लामा कोषले प्राधिकरणको जिल्ला समन्वय समितिसँग काम गर्नेछ । यस्तै कोषले तालिम दिएका सिकर्मी, डकर्मी तथा अन्य प्राविधिक कर्मचारीलाई प्राधिकरणले पुनर्निमाण सम्बन्धी काममा लगाउने भएको छ ।

“यस सम्झौताले १४ जिल्लामा हुने कार्यक्रम तथा गतिविधिमा गरिबी निवारण तथा पुनर्निमाणका मुद्धामा सकारात्मक नतिजा आउने छ,’ कोषका कार्यकारी निर्देशक नहकुल केसीले भने।

Publish on: