२८ मंसिर २०८२, शनिबार

देशको समृद्धिका लागि मतदान: महामन्त्री कोइराला


नवलपरासी। नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले देशको चौतर्फी समृद्धिका लागि स्थानिय तहका निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन्।

आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्ला नवलपरासीमा रहनुभएका कोइरालाले पार्टीको प्रचार प्रसार अभियानलाई बुधबार विभिन्न स्थानमा  सम्बोधन गर्दै यस्तो विचार राखे । सो अवसरमा कोइरालाले नेपाली काँग्रेसको विजय सुनिश्चित भइसकेको बताउँदै तीव्र विकास र समृद्धिका लागि काँग्रेसलाई जिताउन मतदातालाई आग्रह गरे।

संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली काँग्रेसलाई अब सो संविधानको उचित कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनमार्फत सोको जिम्मेबारी नेपाली जनतामार्फत नेपाली काँग्रेसको काँधमा आउने विचार राखे।