२८ मंसिर २०८२, शनिबार

एनसीसीसँग मर्ज भइसकेको एपेक्स डेभलपमेन्ट बैंकको छुट्टै हिसाब राख्न अदालतको आदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाटन उच्च अदालतले एनसीसी बैंकमा मर्ज भइसकेको एपेक्स डेभलपमेन्ट बैंकको हिसाबकिताब छुट्टै राख्न अन्तरिम आदेश दिएको छ । मर्ज भएर एकीकृत कारोबार गरेको साढे ४ महिनापछि अदालतले यस्तो आदेश दिएको हो ।

उच्च अदालतका न्यायधीश राजेन्द्र सुवेदीको एकल इजालासले बैशाख २८ गते दिएकोअन्तरिम आदेशअनुसार अब एपेक्स डेभलपमेन्ट बैंकको हिसाव किताव छुट्टै राखेर अलग कारोबार गर्नुपर्ने भएको छ । नेपालको मर्जर इतिहासमा अदालतले पहिलोपटक यस्तो आदेश दिएको हो ।

गत पुस १७ गते एनसीसी बैंकसहित ५ विकास बैंक मर्ज भएर एकीकृत कारोबार सुरु गरेका थिए । मर्जरमा एनसीसी बैंकसहित इन्टरनेशनल डेभलपमेन्ट बैंक, इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंक सहभागि भएका थिए ।

एनबी समूहले मर्जरको क्रममा ड्यू डेलिजेन्स अडिट (डीडीए) गर्ने कम्पनीसँगको मिलोमतोमा एपेक्स डेभलपमेन्ट बैंकको खराब कर्जा पनि असल कर्जामा गणना गराई मर्जका पार्टर संस्थाहरुलाई करोडौं रुपैयाँ क्षति गराएको दाबी गर्दै गत बैशाख २४ गते मुद्दा दायर गरेको थियो ।

एनबी समूहले एनसीसी बैंक, पीवाईसी एण्ड एशोसिएट्स चार्टर्ड एकाउण्टेण्ड र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाउँदै एनबी ग्रुप, एनवी इ्रन्भेष्टमेन्ट, एनबी मार्केटिङ, सांग्रिला इन्भेष्टमेन्ट र जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीजलाई विपक्षी बनाएर मुद्दा दायर गरेको थियो ।

सोही मुद्दामा अदालतले अदालतले विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।