काठमाडौं । विदेशमा रहेका नेपालीहरुले श्रम गरी आर्जन गरेको रेमिट्यान्स मुलुक भित्र्याउँदै आएको प्रतिष्ठित रेमिट्यान्स कम्पनी आई पे रेमिट्यान्स र नेपालको अल्पाईन डेभलपमेण्ट बैंक लिमिटेड बीच रेमिट्यान्स सम्झौता भएको छ ।
सम्झौतासँगै विदेशबाट आई पे मार्फत पठाएको पैसा अल्पाईन डेभलपमेण्ट बैंकका सबै शाखाहरुबाट शाखाबाट भुक्तानी लिनसक्ने छन् ।
विदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिट्यान्स भित्र्याउँदै आएको आई पे ले अमेरिका, साउदी अरब, कतार, मलेशिया, युएई, बेलायत, अष्ट्रेलिया, जापान लगायत नेपाली कार्यरत सबैजसो मुलुकहरुबाट विभिन्न रेमिट्यान्स कम्पनीहरुसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।
आई पे रेमिट्यान्स को नेपाल भर ३५०० भन्दा बढी भुक्तानी काउन्टरहरु रहेका छन् र बैंक वित्तिय संस्थाको पहुंच नभएको क्षेत्रमा यस्ता भुक्तानी काउन्टर हरुबाट ग्राहकहरुले भुक्तानी लिनसक्ने छन् ।
SHARE YOUR THOUGHTS