काठमाडौं । नेपाल तथा सिंगापुर वीचको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपाल–सिंगापुर उद्योग वाणिज्य संघको गठन भएको छ । हालै सम्पन्न कार्य समितिको प्रथम वैठकले दिपक कुँवरको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति समेत गठन गरेको छ ।
कार्यसमितिमा बिनोद ढकाल, धर्मराज शाक्य, संजय कुमार अग्रवाललाई उपाध्यक्ष चयन गरिएको छ भने कृष्ण कुमार अग्रवाल महासचिव भएका छन् ।
त्यसैगरि गोविन्द्र थपलीया कोषाध्यक्ष, रविन्द्र बहादुर मल्ल सचिवमा चयन भएका छन भने अमृत प्रसाद द्वा अनिल दास श्रेष्ठ, अन्जना चाकुबजी, आशिष श्रेष्ठ, आयुष मान शेरचन, विजय सिंह वैद्य, देवानन्द सरावगी, दिलिप अग्रवाल, गोविन्द प्रसाद घिमीरे, हरि मान लामा, कमला श्रेष्ठ, खेम पन्त, रजुल श्रेष्ठ, स्कन्द अमात्य, तुषारधर तुलाधर र सुरेश लोहनी कार्यकारी सदस्य चयन भएका छन् ।
साथै वैठकले व्यापार बृद्धि, प्रविधि तथा लगानी विस्तारका संभावित वस्तु र क्षेत्रबारे दुवै देशका व्यापारी, उद्योगपति, विज्ञ एवं सरकारी अधिकारीहरुसंग अन्तरक्रिया गरी आर्थिक सम्बन्ध सुधार गर्ने तथा प्रतिनिधि मण्डलको आदान–प्रदान एवं दुइ देश वीच व्यापार मेला आदि कार्यको आयोजना गरी आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्ने समेत निर्णय गरेको छ ।
SHARE YOUR THOUGHTS