२८ मंसिर २०८२, शनिबार

भरतपुर अस्पतालमा डाक्टरलाई जागिर खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भरतपुर अस्पतालले डाक्टरका लागि जागिर खुलाएको छ । भरतपुर अस्पतालले विभिन्न १७ पदका लागि करार सेवामा डाक्टर माग गरेको हो ।

अस्पतालले न्यूरो सर्जरीदेखि रेडियोग्राफरका लागि आवेदन खुलाएको हो ।

अस्पतालले न्यूरो सर्जरी १, प्याथोलोजि १, एनेस्थेसिया १, रेडियोलोजि विभाग २, स्त्री तथा प्रसुती २, अर्थोपेडिक्स १, छालारोग १, मानिस विभाग १, बाल रोग एनआइसियु २, मेडिसिन आइसियु १, ओरल सर्जरी एण्ड म्याक्जिलो फेसियल सर्जरी (डेन्टल विभाग) १ र रेडियोग्राफर ३ पदका लागि आवेदन माग गरेको हो ।

आवश्यक पदका लागि एमबिबिएस र रेडियोग्राफी कोर्ष उर्तिणले आवेदन दिन सक्ने छन्, साथै अनुभवीलाई प्राथमिकता दिने अस्पतालले जानकारी दिएको छ ।

न्यरो सर्जरी र ओरल सर्जरी एण्ड म्याक्जिलो फेसियल सर्जरीका लागि आवेदन शुल्क १२ सय रुपैयाँ र रेडियोग्राफरका लागि ६ सय रुपैयाँ छ । परीक्षा दस्तुर राष्ट्रिय वाणिज्य बैंक भरपुर शाखा अस्पताल विकास समितिको खाता नम्बर ९७६ मा जम्मा गर्नु पर्ने हुन्छ ।

अन्तवार्ताको माध्यमबाटे आवेदक छनोट गरिने छ । दरखास्त फारम अस्पतालको वेव साइट www.bharatpurhospital.gov.np बाट डाउनलोड गर्न सकिने छ । असार ७ गते भित्र आवेदन दिनु पर्नेछ ।